site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
नोबेल पुरस्कार विजेताहरूको निष्कर्ष- जीवाश्म इन्धनको प्रयोग कम गर्न कडा कदम आवश्यक
तस्बिर : एजेन्सी
Sarbottam CementSarbottam Cement

पेरिस । जलवायु संकटको सामना गर्न जीवाश्म इन्धन उत्खनन रोक्नुपर्ने भन्दै नोबेल पुरस्कार विजेताहरूले विश्व नेतृत्वलाई कडा कदम चाल्न आग्रह गरेका छन् । विश्व पृथ्वी दिवसको पूर्वसन्ध्यामा विश्वका १०१ नोबेल पुरस्कार विजेताहरूले एक खुलापत्रमार्फ जीवाश्म इन्धन उत्खनन रोकेर नवीकरणीय उर्जामा लगानी बढाउनेतर्फ ठोस कदम चाल्न आग्रह गरेका हुन् ।

“जलवायु परिवर्तनका कारण करोडौँ जीवन जोखिममा छन् । हरेक महाद्वीपमा हजारौँ प्रजाति लोप हुने स्थितिमा छन्,” पत्रमा उल्लेख गरिएको छ, “कोइला, पेट्रोल र ग्यासजस्ता जीवाश्म इन्धन नै जलवायु परिवर्तनको मुख्य कारक हुन् ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुले जीवाश्म इन्धन उत्पादन गर्ने उद्योगलाई निरन्तर विस्तारको अनुमति दिनु अनुचित हुने निष्कर्ष निकालेका छन्  ।

उनीहरूले आश्रित अर्थव्यवस्थालाई तेल, ग्यास र कोइलाको विकल्प खोज्न सहयोग पुर्याउने रूपान्तरणकारी योजना बनाउन नेताहरूसँग आग्रह गरेका छन् । जसले विश्वलाई नै विश्वव्यापी न्यायको संक्रमणबाट समृद्ध बनाउने उनीहरूको ठहर छ ।

Global Ime bank

पत्रमा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतालाई निरन्तर समर्थन गर्नुपर्ने उल्लेख छ । यस्तै, उनीहरूले पेरिस सम्झौतामा तेल, ग्यास अथवा कोइलाको प्रयोगसम्बन्धी कुराहरू उल्लेख नगरिएको भन्दै ध्यानाकर्षण समेत गराएका छन् । अल्जजिराबाट

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC