site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पाकिस्तान बम विस्फोटमा चारजनाको मृत्यु, १२ घाइते
Ghorahi CementGhorahi Cement

इस्लामाबाद । पाकिस्तानको क्वेटा सहरमा बम विस्फोट हुँदा कम्तीमा चारजनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।

एउटा होटेलको पार्किङमा भएको उक्त विस्फोट पाकिस्तानका लागि चिनियाँ राजदूतलाई लक्षित गरी गराइएको अनुमान गरिएको छ । मृत्यु हुनेहरुमा दुई होटेलका सुरक्षा गार्ड र दुईजना ग्राहक रहेका जनाइएको छ ।

Agni Group

अफगानिस्तानको सीमासँग जोडिएको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा चिनियाँ राजदूत उपस्थित हुने तय भएको थियो । तर, विस्फोटको समयमा उनी त्यहाँ नरहेको बताइएको छ ।

हमलाको जिम्मा पाकिस्तानी तालिबानले लिएको छ । यद्यपि, उसले किन र कुन उद्देश्यले विस्फोट गराएको भन्ने खुलाएको छैन ।

Global Ime bank

बलोचिस्तान हतियारधारी मुस्लिम अतिवादी र पृथकतावादीको पकड क्षेत्र मानिन्छ । पृथकतावादीहरुले पाकिस्तानबाट यस क्षेत्रको स्वतन्त्रताको माग गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC