site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रिय हित अनुकूल नरहेको भन्दै बीआरआईबाट पछि हट्यो अष्ट्रेलिया
Ghorahi CementGhorahi Cement

क्यानबेरा । अष्ट्रेलियाले चीनको बेल्ट एन्ड रोड (बीआरआई)सँग सम्बन्धित सम्झौता रद्द गरेको छ ।

भिक्टोरिया राज्य र चीनबीच भएको सम्झौता रद्द गर्न यहाँको संघीय सरकारले विशेष अधिकार प्रयोग गरेको बीबीसीले जनाएको छ । आफ्नो राष्ट्रिय हित रक्षा गर्न सम्झौताबाट पछि हटेको अष्ट्रेलियाकी विदेशमन्त्री मेरिस पायनको भनाइ छ ।

Agni Group

अष्ट्रेलियाको संघीय सरकारले राज्य सरकार वा विश्वविद्यालयले विदेशी देशसँग गरेको सम्झौता लागु नगर्न विशेष अधिकार प्रयोग गरेको यो पहिलो घटना हो । यो व्यवस्थाले संघीय सरकारलाई अष्ट्रेलियाको राष्ट्रिय स्वार्थमा असर गर्ने सम्झौताहरुलाई रोक्ने अधिकार प्रदान गर्छ ।

अष्ट्रेलियास्थित चिनियाँ दूतावासले क्यानबेराको यो कदमलाई ‘उत्तेजक’ भनेको छ । अष्ट्रेलियाको यो कदम द्विपक्षीय सम्बन्धलाई बिगार्ने र उसैलाई हानि गर्ने खालको रहेको चिचियाँ पक्षको प्रतिक्रिया छ ।

Global Ime bank

“यसले चीन–अष्ट्रेलिया सम्बन्ध सुधार गर्न अष्ट्रेलिया सरकार इमानदार नरहेको प्रष्ट पारेको छ,” दूतावासले जारी गरेको विज्ञप्तमा भनिएको छ ।

इरान र सिरियासँग शैक्षिक र अनुसन्धानको क्षेत्रमा भएको सम्झौताबाट पनि अष्ट्रेलिया पछि हटेको छ । बीआरआई कार्यान्वयन गर्नेसम्बन्धी दुईवटा सम्झौतामा भिक्टोरिया राज्यले सन् २०१८ र सन् २०१९ मा हस्ताक्षर गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC