site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
‘सर्च रिजल्ट’मा नियन्त्रण गरेको आरोपमा गुगलविरुद्ध मुद्दा दायर
Sarbottam CementSarbottam Cement

लण्डन । बेलायती पत्रिका डेली मेल र मेल अनलाईनले सर्च इन्जिनको नतिजा हेरफेर गरेको आरोपमा गुगलविरुद्ध मुद्दा दायर गरेका छन् ।

अन्य पक्षलाई फाइदा पुग्ने गरी गुगलले अनलाईन विज्ञापन र समाचारमा राखिएका लिंकमा धेरै नियन्त्रण गरेको भन्दै न्यूयोर्कस्थित अदालतमा पत्रिकाले मुद्दा दायर गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

गुगललाई विज्ञापनका लागि पर्याप्त स्थान नबेच्ने प्रकाशकलाई उसले सर्च नतिजाको र्‍याङ्कीङमा दण्डित गर्ने गरेको पत्रिकाको आरोप छ ।

सन् २०२१ मा बेलायती शाही परिवारको समाचार सर्च रिजल्टमा पछाडी परेपछि पत्रिकाले यस विषयमा चासो देखाएको हो ।

Global Ime bank

अनलाईन विज्ञापन प्रविधि उपयोग गरेपछि डेलि मेलको सर्च भिजिविलिटी घटेको पत्रिकाका सम्पादक पिटर राईटको दाबी छ ।

डेली मेलको अनलाईन साइट मेलअनलाईन विश्वमा सबैभन्दा धेरै पढीने वेवसाइट हो । बेलायतमा मात्र यसका मासिक ७५ लाख नयाँ भिजिटर रहेका जनाइएको छ ।

तर गुगलले भने पत्रिकाको आरोप पूर्ण रुपमा असत्य रहेको भन्दै आरोपको खण्डन गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC