site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जोनसन खोप र रगत जम्ने समस्याबीच सम्बन्ध भेटियो : युरोपेली औषधि नियामक निकाय
Ghorahi CementGhorahi Cement

एजेन्सी । युरोपेली आयोगको औषधि नियामक निकायले जोनसन एण्ड जोनसनको कोभिड–१९ भ्याक्सिन र रगत जम्ने समस्याबीच सम्बन्ध हुनसक्ने जनाएको छ । मंगलबार युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए)ले खोप लिएपछि रगतमा प्लेटलेट्स घट्ने र रगत जम्ने चेतावनी खोपको लेवलमा राख्नुपर्ने निर्णय गरेको अलजजिराले जनाएको छ ।

यद्यपि खोपले समग्रमा पुर्याउने फाइदाको तुलनामा यसको साइडइफेक्ट भने नगन्य रहेको ईएमएले जनाएको छ । यो समस्यालाई खोपको निकै दूर्लभ साइड इफेक्ट मानिनुपर्ने समेत उसको भनाइ छ ।

Agni Group

जे एण्ड जे खोप लगाएपछि तीन सातामा ६० वर्षमुनिका ८ व्यक्तिमा रगत जम्ने समस्या देखिएको थियो, जसमध्ये अधिकांश महिला रहेका छन् ।

खोप लगाएकाहरु अधिकांशको मस्तिष्क र पेटमा रगत जमेको पाइएको थियो । जे एण्ड जे र एष्ट्रजेनिका खोपको साइडइफेक्टमा समानता पाइएको ईएमएले जानकारी दिएको छ । केही समयअघि एष्ट्राजेनिकाको प्रयोगले पनि रगत जम्ने समस्या देखिएपछि अहिले यसको पनि अध्ययन भइरहेको छ ।

Global Ime bank

जुलाईको अन्त्यसम्म सम्झौताअनुसार ५ करोड ५० लाख डोज खोप युरोपमा निर्यात गर्ने कम्पनीले जनाएको छ । युरोपमा आकस्मिक प्रयोगको अनुमति पाउने चार मध्ये जे एण्ड जे एउटा खोप हो । ईएमएले निर्देशिका जारी नगरेसम्मका लागि खोप सुरक्षित तबरले भण्डार गर्न कम्पनीले युरोपेली सरकारहरुलाई सुझाव दिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ०६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC