site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अक्सिजन अभाव हुँदा भारतमा २२ बिरामीको मृत्यु
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतको एक अस्पतालमा अक्सिजन अभाव हुँदा २२ बिरामीको मृत्यु भएको छ । महाराष्ट्रको नाशिकस्थित डा. जाकिर हुसैन अस्पतालमा अक्सिजन अभाव भएको थियो ।

अक्सिजन अभाव हुँदा २२ जनाको मृत्यु भएको नासिक नगर निगम आयुक्तलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अक्सिजन लिक हुँदा अस्पतालमा करिब आधा घण्टासम्म अक्सिजन आपूर्ति अवरुद्ध भएको थियो ।

अस्पतालमा भर्ना भएका १५० मध्ये गम्भिर अवस्थामा रहेका २३ जनालाई भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा भएका २२ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।

Global Ime bank

ट्यांकरबाट अक्सिजन भर्ने क्रममा चुहावट भएको जनाइएको छ । अहिले अक्सिजन चुहावट बन्द गरिसकिएको छ । अस्पतालमा अब केवल २५ प्रतिशत अक्सिजन मात्र बाँकी रहेको निगमका आयुक्त कैलाश जाधवले जानकारी दिएका छन् ।

दुर्घटनाको विषयमा छिट्टै अनुसन्धान सुरु गर्ने र दोषीमाथि कडा कारबाही गर्ने जाधवले बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC