site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोभिडका कारण अमेरिकामा कम्तीमा ४३ हजार बालबालिकाले सानैमा अभिभावक गुमाए 
Ghorahi CementGhorahi Cement

वासिङटन । कोभिड महामारी सुरु भएदेखि नै हामी यसका कारण भइरहेका मृत्युसँग परिचित बनेका छौँ । आइतबार मात्र विश्वव्यापी कोभिड मृत्युको सङ्ख्या ३० लाख पार गरेको छ । विशेषगरी मृतकका परिवार र आफन्तका लागि महामारी अवधि अत्यन्तै पडिादायी रह्यो । धेरैले आफ्ना प्रियजनको अन्तिम संस्कार समेत राम्ररी गर्न पाएनन् । 

त्यस्तै हिजोसम्म आफूसँगै खाना खाइरहेको व्यक्ति आज संसारबाटै बिदा भइसकेको कुरा कतिका लागि स्वीकार्नै गाह्रो भयो ।

तर यसमा पनि विशेषगरी बच्चाहरुले सानै उमेरमा आफ्ना अभिभावक गुमाउनुपर्दाको दुःख र मानसिक तनावले तिनलाई जीवनभर सताउने र डिप्रेसनसम्म समेत पुर्याउन सक्ने खतरा बढेको नयाँ रिसर्चमा पत्ता लागेको छ । यसले तिनको शैक्षिक उपलब्धीमा समेत असर पार्नेछ भने आत्महत्याको जोखिम समेत बढाइदिने रिसर्चले देखाएको छ । 

Agni Group

अप्रिल ५ मा जामा पेडिआट्रिक्समा प्रकाशित अध्ययनमा कोरोनाका कारण कम्तीमा एक अभिभावक गुमाएका, १७ वर्ष या सो भन्दा कम उमेरका बालबालिकाहरुको तथ्यांक संकलन गरिएको थियो । यसमा आफ्ना मृत बाबुआमाको शोक मनाइरहेका त्यस्ता बालबालिकाहरुको सङ्ख्या चिन्ताजनक अवस्थामा पुगिसकेको देखिएको हो । 

रिसर्चकी प्रमुख एवम् स्टोनी ब्रुक युनिभर्सिटीमा पब्लिक हेल्थकी असोसिएट प्रोफेसर रेचल किडमन भन्छिन्, “हामीले हरेक दिन समाचारमा बढ्दो सङ्ख्यामा मान्छेहरुको मृत्यु भएको पढ्छौँ अनि देख्छौँ । तर हामीले मृत्यु भइसकेपछि तिनले छाडेर जाने परिवारको सङ्ख्या पनि बढिरहेकाबारे सोचेका हुदैनौँ ।तिनीहरुको मनमस्तिष्कमा पुगेको चोटका बारेमा पनि धेरैले सोच्ने गर्दैनन् । मृत्युको समाचारलाई सङ्ख्याका रुपमा मात्र हेर्ने प्रवृत्ति सबैमा व्याप्त भइसकेको छ ।” 

Global Ime bank

यस्तोमा सो रिसर्च टिमले विभिन्न आधिकारिक डाटाहरुको विश्लेषण गरि एउटा परिवारले कतिजना आफन्त, बालबालिका, अभिभावक, दाजुभाइ, दिदीबहिनी गुमाएका छन् भन्ने तथ्यांक निकालेका हुन् । 

समस्त अध्ययनपछि उनीहरुले कोभिड–१९ बाट हुने प्रत्येक १३ मृत्युमा एक बालकले आफ्नो बाबु या आमा गुमाउने गरेको पत्ता लगाएका हुन् जसलाई कूल रुपमा जोड्दा अमेरिकामा ४३ हजार बालबालिका हुन्छन् । यो भनेको महामारी अघिका वर्षहरुमा भन्दा २० प्रतिशत बढी मृत्युदर हो । 

यसकारण पनि मानिसहरुले खोपको महत्व बुझ्न जरुरी रहेको किडमन बताउँछिन् । खोपले आफूलाई बचाउनुका साथै अरुको ज्यान पनि जोगाइरहेको हुन्छ । अरुको परिवार भंग हुनबाट बचाइरहेको हुन्छ । त्यसैले खोप अभियानमा कमजोरी हुनुका धेरै गम्भीर परिणाम हुन सक्ने उनले बताइन् ।  

आफ्ना अभिभावक गुमाएका बालबालिकाहरुलाई महामारी जारी रहुन्जेल धेरै कठिन हुने कुरामा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिइन् । कुनैपनि बच्चालाई दुःख, शोकबाट बाहिर निकाल्न उनीहरुलाई सक्रिय रुपमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुपर्ने हुन्छ, साथीहरु अनि शिक्षकहरुसँग आमनेसामने अन्र्तक्रिया गराउनुपर्ने हुन्छ । तर कोभिडका कारण अझैपनि विश्वका धेरै ठाउँमा स्कुलहरु पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् । यस्तोमा सरकार पक्षबाट उनीहरुलाई मानसिक परामर्सका कार्यक्रम सुरु गरिनुपर्ने किडमनको भनाइ छ । अभिभावकको मृत्यु सबै बच्चाका लागि अत्यन्तै क्रुर हुने हुँदा यसलाई गम्भीर रुपमा लिन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।  टाइमबाट 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC