site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
सेतो मच्छेन्द्रनाथ : रथयात्राको पहिलो दिनमा जे देखियो (फोटोहरू)
तस्बिर : अभिषेक महर्जन/बाह्रखरी

काठमाडौं । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु भएको छ । रथयात्राका लागि मंगलबार दिउँसो ४ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो । 

जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । 

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ । सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मछिन्द्रनाथलाई वर्ष को देवता मानिन्छ र रोपाइँ को समय वर्ष भएर राम्रो बाली को लागि मछिन्द्रनाथ को जात्रा मनाउने गरिन्छ ।

तस्बिरहरू : अभिषेक महर्जन

Global Ime bank

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  २२:३८
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्