site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आफ्नो संगठनमा नश्लवाद र विभेदको संस्कृति कायम रहेको एम्नेस्टीको स्वीकार
Sarbottam CementSarbottam Cement

लण्डन । मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलमा नश्लवाद (जातिवाद) र श्वेत विशेषाधिकारको संस्कृति रहेको पाइएको छ । एम्नेस्टीको आन्तरिक समिक्षाअनुसार संगठनका वरिष्ठ कर्मचारीहरूले अश्वेत कर्मचारीमाथि नश्लीय विभेदयुक्त शब्द प्रयोग गर्ने र दूव्र्यवहार गर्ने गरेको पाइएको हो ।

एम्नेस्टी बेलायतका आठ कर्मचारीले आफूले भोगेको नश्लीय विभेदको वर्णन गर्दै एक विज्ञप्ती जारी गरेपछि एम्नेस्टीको सचिवालयले आन्तरिक मूल्याङ्कन गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामी मानव अधिकार हननविरुद्ध अभियान चलाउने आशमा एम्नेस्टीसँग जोडिएका थियौँ । तर यसको विपरीत संगठनले त्यसलाई कायम राख्न मद्दत गरेको पाएर हामी निराश बनेका छौँ,” एक कर्मचारी केथरिन ओडुकोयाले भनिन् ।

संगठनमा अश्वेत कर्मचारीको क्षमतामा विनाऔचित्य लगातार सोधपुछ गर्ने प्रणालीगत पूर्वाग्रह कायम रहेको, धार्मीकताप्रति संवेदनशीलताको कमी रहेको लगायतका कमजोरीहरू औँल्याइएको छ ।

Global Ime bank

अन्तर्राष्ट्रिय सचिवालयमा केही व्यक्तिसँग गरिएको व्यवहार पूर्वाग्रहपूर्ण र असंवेदनशील रहेको एम्नेस्टीको अन्तर्राष्ट्रिय बोर्डले स्वीकार गरेको छ ।

यस विषयमा माफी माग्दै संगठनका प्रतिनिधिले आगामी दिनमा यी कुराहरूमा परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । द गार्डेनबाट

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC