बाह्रखरी
भर्खरै
sticky  ncell
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
खनाल–नेपाल समूहको वैशाख ९ गतेको कार्यक्रम स्थगित
बाह्रखरी - मंगलबार, वैशाख ७, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहले यही वैशाख ९ गतेका लागि तय गरेको कार्यक्रम स्थगित गरेको छ ।

कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौंमा गर्न लागेको कार्यक्रम कोभिड–१९ को बढ्दो संक्रमणका कारण स्थगित गरेको नेता योगेश भट्टराईले जानकारी दिए । उनले एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस संक्रमण नियन्त्रण र रोकथाममा सरकार असक्षम भएको आरोप लगाएका छन् ।

Rohto Landing

Agani Group

“कोरोनाभाइरस संक्रमण नियन्त्रण र रोकथाममा सरकार असक्षम भइरहेको छ । यही परिस्थितिलाई मध्यनजर गर्दै ९ वैशाख २०७८ मा काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रम स्थगित गरिएको छ । तर, संक्रमण नफैलिएका जिल्लाहरुमा भने जारी स्वास्थ्य मापदण्डको पालना गरेर कार्यक्रमहरु गर्न सबैमा अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।

यही वैशाख ६ गतेको मन्त्रिपरिषद् बैठकले २५ जनाभन्दा बढी मानिसको जमघट गर्न नपाइनेसहितका निर्णय गरेको थियो । तर, राष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्री नै त्यसविपरीत ठूला बैठक, सभा र कार्यक्रमहरुमा सहभागी भइरहनु लज्जाको विषय हुनुपर्ने खनाल–नेपाल समूहको भनाइ छ ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख ७, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्