बाह्रखरी
sticky  ncell
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सन्दीपले लिए तीन विकेट 
बाह्रखरी - मंगलबार, वैशाख ७, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत अहिले नेपाल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गरि रहेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २०७ रनको बलियो लक्ष्य पछ्याईरहेको नेदरल्यान्ड्सले आफ्नो तेस्रो विकेट गुमाएको छ । 

नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् । १२ ओभर ५ बलमा सन्दीपले सेट ब्याट्म्यान वेन कोपरलाई आउट गराएका हुन् । वेन कोपरलाई क्याच आउट गराए । सन्दीपको बलमा दिपेन्द्र सिंह ऐरीले क्याच आउट गराए । 

Rohto Landing

Agani Group

यसअघि छैटौं ओभरको तेस्रो बलमा सन्दीपले टोभियस भीसेलाई स्टमपिङ आउट गराएका थिए । उनले १५ रन बनाए । यसअघि पनि सन्दीपले नेपालका लागि पहिलो विकेट लिएका थिए । सन्दीप्ले दोस्रो ओभरको तेस्रो बलमा म्याक्स ओ डोडलाई एलबी डब्लु आउट गराएका हुन् । ओ डोडले ९ रबन बनाए र आउट भए ।  

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो । 

sarbottam cement

आजको खेलमा नेपाल जित निकाल्दै फाइनलमा पुग्ने योजनामा रहेको छ । यसअघिका दुई खेलमा जित निकालेको नेपाल आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख ७, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्