बाह्रखरी
Ncell inner sticky
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सन्दीपले लिए दोस्रो विकेट 
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, वैशाख ७, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपाल र नेदरल्यान्ड्सले प्रतिष्पर्धा गरिरहेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २०७ रनको बलियो लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

Duber nepal

Agani Group

नेपालका सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन् । छैटौँ ओभरको तेस्रो बलमा उनले टोभियस भीसेलाई स्टम्पिङ आउट गराएका हुन् । उनले १५ रन बनाए ।

सन्दीपले नै नेपालका लागि पहिलो विकेट लिएका थिए । सन्दीपले दोस्रो ओभरको तेस्रो बलमा म्याक्स ओ’डोडलाई एलबीडब्लू आउट गराएका हुन् । ओ’डोडले ९ रन बनाएर आउट भए ।

६ ओभरको समाप्तीमा नेदरल्यान्ड्सले २ विकेट गुमाएर ७१ रन बनाएको छ ।

यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको थियो ।

आजको खेलमा जित निकाल्दै नेपाल फाइनलमा पुग्ने योजनामा छ । यसअघिका दुई खेलमा नेपाल विजयी भएको थियो ।

Nepal Investment bank
Nepal Investment bank
मंगलबार, वैशाख ७, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्