राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कारबाहीका लागि स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षका सांसदहरु छलफलमा जुटेका छन् ।
अहिले बानेश्वरस्थित एक होटेलमा बैठक भइरहेको एक नेताले जानकारी दिए ।
ओलीले आज संघीय संसद्का २७ सांसदलाई कारबाहीका लागि स्पष्टीकरणपत्र पठाएका छन् । पत्रमा केही सांसदहरुलाई दुई र केहीलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८ १५:३६
प्रतिक्रिया दिनुहोस्