site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दुई दिनमा साढे ७३ अंकले घटेको नेप्से तेस्रो दिनमा एकल अंकको सामान्य सुधार
Sarbottam CementSarbottam Cement

काठमाडौं । यो साता लगातार दुई दिन घटेको सेयर बजारमा आज तेस्रो कारोबार दिनमा भने सामान्य सुधार भएको छ । आइतबार र सोमबार दुई दिनमा साढे ७३ अंकले घटेको नेप्से मंगलबार भने २.६८ अंकले बढेर २६६४.६२ अंकमा बन्द भएको छ ।

मंगलबार प्रि–ओपन सेसनमा ११.३१ अंकले वृद्धि भएर २६७३.२४ अंकमा खुलेको नेप्से उतार–चढावका बीच एकल अंकको सामान्य वृद्धि भएर बन्द भएको हो । ‘इन्ट्रा–डे’मा बजार परिसूचकले २६७४.७७ अंकको उच्च विन्दु कायम गर्‍यो भने २६४५.४६ अंकसम्म झरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड–१९ को दोस्रो लहरले गर्दा लगानीकर्तामा अन्योल देखिँदा कारोबार रकम भने घटेको छ । मंगलबार १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ८६ लाख १७ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा बैंकिङ, निर्जीवन बिमा, म्युचुअल फन्ड र लगानी उपसूचकबाहेक सबै उपसूचक हरियो भएका छन् । बजारललाई लिड गर्ने बैंकिङ उपसूचक ०.०७ प्रतिशतले सामान्य करेक्सन भयो । यस्तै, निर्जीवन बिमा उपसूचक ०.१८ प्रतिशत र लगानी उपसूचक १.०३ प्रतिशतले घट्यो ।

Global Ime bank

यता, विकास बैंक उपसूचक सर्वाधिक १.६८ प्रतिश्तले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक १.२४ प्रतिशतले वृद्धि भयो । त्यसबाहेकको उपसूचकमा भने सामाय वृद्धि भएका छन् ।

मंगलबार कारोबार रकममा नागरिक लगानी कोषले लिड ग¥यो । कम्पनीको २१ करोड ४२ लाख ८९ हजारको कारोबार हुँदा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १९ करोड ८६ लाख ७३ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा कारोबार भएको युनाइटेड मोदी हाइड्रोपावर, महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स र हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समृद्धि फाइनान्स, ओरिएन्टल होटेल र छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले भने क्रमशः २.४७ प्रतिशत, २.२२ प्रतिशत र २.०२ प्रतिशतले गुमाएका छन् ।

आज कारोबारमा आएका मध्ये १०७ कम्पनीका लगानीकर्ताले कमाउँदा ५६ लगानीकर्ताको कम्पनीले गुमाएका छन् । यस्तै, १८ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC