site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कुशल र दीपेन्द्रको अर्धशतकमा नेपालले दियो नेदरल्यान्ड्सलाई २०७ रनको लक्ष्य 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको सहयोगमा  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले नेदरल्यान्ड्ससामु २०७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो ।

दोस्रो ओभरको अन्तिम बलमा आफ्नो पहिलो विकेट गुमाएको नेपालका लागि ज्ञानेन्द्र मल्ल र कुशलले इनिङ सम्हालेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका लागि ओपनरमा आएका आसिफ शेख खाता खोल्न नपाउँदै आउट भए । उनी दोस्रो ओभरको अन्तिम बलमा भिमिङ किममाङको बलमा क्याच आउट भएका थिए । उनलाई किममाङको बलमा कोकेपले क्याच आउट गरेका हुन् ।

नेपालले सातौँ ओभरको अन्तिम बलमा आफ्नो दोस्रो विकेट गुमाएको थियो । नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्ल २० रन बनाएर आउट भए ।

Global Ime bank

उनी सातौँ ओभरको अन्तिम बलमा पिटर सेलरको बलमा क्याच आउट भए । पिटरले फालेको बलमा डी लेडले क्याच आउट गरेका थिए ।

नेपालले आफ्नो तेस्रो विकेट रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । कुशलले ६२ रनको योगदान गरे । उनलाई भिभिन किम्जाले क्याच आउट गराए । किम्जाले फालेको बलमा डी लिडले क्याच आउट गरे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी ६० रन बनाउँदै पेवेलियन फर्किए । उनी १६ ओभरको तेस्रो बलमा क्याच आउट भएका थिए । पिटर सेलरले उनलाई क्याच आउट गराए । पिटरको बलमा भिसेसले क्याच गरेका थिए ।

नेपालले १६ ओभर ४ बलमा आफ्नो पाँचौँ विकेट गुमायो । नेपालका कुशल मल्ल सात बलमा १८ रन बनाउँदै पेवेलियन फर्किए । उनी आर्यन डटको बलमा क्याच आउट भए । डटको बलमा भान मेकरनले क्यच आउट गरेका थिए ।

१६ ओभरको अन्तिम बलमा नेपालले करण केसीको रुपमा आफ्नो छैटौँ विकेट गुमायो । करण खाता नखोलेरै आउट भए ।

नेपालका लागि विनोद भण्डारीले सात रन बनाउँदा सोमपाल कामीले २१ रनको योगदान गरे ।

यसअघिका दुई खेलमा जित निकालेको नेपाल आजको खेलमा पनि सहज जित हासिल गर्ने योजनामा छ । नेपालले शनिबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पनि नेपालले मलेसियालाई ९ विकेटले हराएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC