बाह्रखरी
sticky  ncell
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
वैशाख २७ पछि अहिलेको कतारी रियाल नचल्ने, राष्ट्र बैंकले गर्‍यो सटहीको आग्रह 
बाह्रखरी - मंगलबार, वैशाख ७, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । कतारको केन्द्रीय बैंकले हाल चलनचल्तीमा रहेको नोटलाई प्रतिबन्ध लगाउने भएको छ । कतारको केन्द्रीय बैंक कतार रियाल बैंकले  हाल चलनचल्तीमा रहेको चौथो संस्करणको नोटहरु सन् २०२१ जुलाई १ बाट चालनचल्तीमा नल्याउने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकले कतारको केन्द्रीय बैंककले उक्त निर्णय गरेपछि यही वैशाख २७ गतेभित्र आफूसँग भएका त्यस्ता नोटहरु साटी सक्न अपिल गरेको छ ।

Rohto Landing

Agani Group

नोट सटहीसम्बन्धी प्रचलित व्यवस्थाअनुसार राष्ट्र बैंक बैंकिङ विभाग, राष्ट्र बैंकको बैंकिङ कारोबार गर्ने प्रदेश कार्यालयबाट उक्त नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, राष्ट्र बैंकबाट विदेशी विनिमयको कारोबार गर्ने बैंक तथा वित्तीय संस्था साथै परिवर्त्य विदेशी मुद्राको कारोबार गर्ने मनि चेञ्जरबाट पनि उक्त नोट सहटी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

sarbottam cement

वैशाख २७ गतेपछि भने उक्त नोट सटही गर्न राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र मनि चेञ्जर बाध्य नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख ७, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्