site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

असंवैधानिक विघटन बदर भएपछि बसेको संसद् अधिवेशन अचानक  अन्त्य  गरियो । यस अधिवेशनमा  संविधानविपरीत प्रतिनिधि विघटन गराउने प्रधानमन्त्री खड्गप्रसाद ओलिविरुद्ध अविश्वासको प्रस्ताव पारित हुने राजनीतिक विश्लेषकको अनुमान मिलेन । विपक्षीहरूले ‘जोखना’ हेर्न थालेको मौका छोपेर प्रधानमन्त्री ओलीले ‘गोल’ हाने ।  

विपक्षी दलका नेताहरूलाई प्रधानमन्त्री ओलीले धेरैपटक जिल्याएका छन् । उनका विपक्षी र विरोधीको बेवकुफीको’ मार भने लोकतन्त्र र नेपाली जनताले भोग्नुपरेको छ । प्रधान्त्री ओलीलाई त संसद्सँग रिस उठिरहेकै थियो । विपक्षीहरस सरकारले संसद्लाई ‘बिजनेस’ दिएन भनेर रोइलो गरेर बसे । 

विपक्षीहरूको रोइलोको अर्थ छैन । उनीहरूकै अनिर्णयले ओलीको मनोमानी चलेको बढेको न हो  ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले अहिलेसम्म प्रधानमन्त्री ओलीलाई दिएको समर्थन विधिवत् फिर्ता लिएको छैन । ओली सरकारविरुद्ध सबैभन्दा चर्को स्वर गर्ने माओवादी केन्द्रले कुन साइत पर्खेको हो रु

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै प्रमुख विपक्षी नेपाली कांग्रेसले बल्लतल्ल सरकार हटाउने निर्णय त लिएको छ तर सभापति शेरबहादुर देउवाले अझै अविश्वासको प्रस्ताव राख्ने मन बनाउन सकेका छैनन्  । अविश्वासको प्रस्ताव पारित नहुने निश्चित भए पनि संसदीय पद्धतिमा विपक्ष यसरी सरकारप्रति निष्ठावान् हुँदैन नि त १

पार्टी फुटाउने अध्यादेशबाट आत्तिएर  रातारात एकता गरिएको भए पनि समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी एक भइसकेका रहेनछन् । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास राख्ने विषयमा देखिएको मतभेदले यो पार्टी कुनै पनि क्षण फुट्यो भने आश्चर्य हुनेछैन । 

Global Ime bank

यसरी अलमलिएका विपक्षी दलका नेतालाई ‘आँखा चिम्लेर घैँटो फुटाउने’ खेलमा जस्तो अन्दाजकै भरमा लठ्ठिले हान्ने खेलाडीजस्ता प्रधानमन्त्री ओलीले हाराबारा खेलाउनु अस्वाभाविक होइन । विघटन बदर भएपछि बसेका स‌सद्को बैठकमा प्रधानमन्त्री ओली एक दिन पनि गएनन् ।

हिउँदे अधिवेशनमा कुनै विधेयक पनि पारित गरिएन । अध्यादेश पहिलो बैठकमा पेस गर्नै पर्ने संविधानको बाध्यात्मक व्यवस्था पनि पालन भएन । अर्थात्, प्रधानमन्त्री ओलीले संविधानको अक्षर, भावना र मर्ममा निर्धक्क प्रहार गरे तर विपक्ष ट्वाल्ल परेर बस्यो ।

विपक्षी राजनीतिक दलका नेताले यस्तो नालायक र बेवकुफ प्रवृत्ति नछाड्ने हो भने ओलीको लोकतन्त्रमाथि प्रहार बढ्दै जानेछ । जनतालाई क्षुब्ध बनाएर  सडकमा पठाउन खोजिएको हैन भने विपक्षी दलका नेताहरूले तत्काल साहस र सुझबुझ देखाउनुपर्छ ।

सबैभन्दा पहिले माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन विधिवत् फिर्ता लिनुपर्छ भने जनता समाजवादी पार्टीका नेता सबैले साथ नदिए पनि नेपाली का‌ग्रेस र नेकपा ९माओवादी केन्द्र०ले अविश्वासको प्रस्ताव दर्ता गराएर विशेष अधिवेशनका लागि समावेदन गरिहाल्नुपर्छ ।

सिंगै जसपाले साथ दिए अविश्वासको प्रस्ताव सजिलै पारित हुनेछ । एमालेकै सांसदहरूसमेत अविश्वासका पक्षमा उभिने सम्भावना पनि छ । कुनै कारणले कर्णालीको सट्टा लुम्बिनी प्रवृत्ति दोहोरिएछ भने पनि  विपक्षी दलका नेता अकर्मण्यताको दोषबाट मुक्त हुनेछन् ।      

यसैले संसदीय लोकतन्त्र र राजनीतिक नैतिकताको हेक्का भए विपक्षी नेताहरूले अहिले मत मिल्न कठिन हुने एमसीसीजस्ता विषय थाती राखेर पनि अविश्वासको प्रस्ताव राखून् । नत्र, ओलीका थप प्रहार सहन तयार होऊन् । जनता त सकेसम्म सहन्छन् नसकेका दिन विद्रोहमा उत्रन्छन् नै सत्तामा जो भए पनि ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC