राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । सोमबारका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो ।
बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र सांगठनिक कामका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८ १३:३०
प्रतिक्रिया दिनुहोस्