site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मुक्तिनाथ विकास बैंकको नाफा अर्ब नाघ्यो, सेयर बजारको लगानीबाट मात्रै ३८ करोड कमायो
Ghorahi CementGhorahi Cement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अर्बमाथि मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको चैत मसान्तको अपरिष्कृत वित्तीय विवरणानुसार गत आर्थिक वर्ष २०७६/०७७ को सोही अवधिको तुलनामा खुद मुनाफा ४८.७५ प्रतिशत बढेर १ अर्ब ५६ लाख ३० हजार  पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६७ करोड ६० लाख ३४ हजार खुद मुनाफा आर्जन गरेको थियो । व्यवसाय विस्तारसँगै खुद ब्याज आम्दानी र अन्य सेवा शुल्कमा भएको वृद्धिका साथै अन्य सञ्चालन आम्दानी उल्लेख्य रुपमा बढ्दा बैंकको सञ्चालन मुनाफासँगै खुद मुनाफा पनि आकाशिएको हो ।

सेयर बजारमा गरेको लगानीबाट नाफा बुक गर्दा अन्य सञ्चालन आम्दानी उलेख्य बढाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ६९ करोड ४४ लाख ८९ हजार रहेको बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब ८९ करोड ४७ लाख ८२ हजार पुगेको छ ।

Agni Group

यस्तै, अन्य सञ्चालन आम्दानी २ करोड ८ लाख २७ हजारबाट बढेर चालु आर्थिक वर्षको तीन महिनामा नै ३८ करोड ८६ लाख ९८ हजार पुगेको छ । यही आम्दानीले बैंकको नाफा बढाउन उलेख्य भूमिका खेलेको हो ।

चैत मसान्तमा बैंकको सञ्चालन मुनाफा गत आर्थिक वर्षको यही अवधिमा  ९६ करोड ६७ लाख २ हजारबाट बढेर १ अर्ब ४२ करोड २४ लाख ३२ हजार पुगेको छ ।

Global Ime bank

बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५७ अर्ब ३१ करोड ८ लाख ६३ हजार रहेको निक्षेप चालु आर्थिक वर्षको सोही अवधिमा ७९ अर्ब ९० करोड ७१ लाख ४८ हजार पुर्‍याएको छ । सोही अवधिमा कर्जा लगानी ४७ अर्ब ६६ करोड ९ लाख ५ हजारबाट बढेर ६८ अर्ब ५७ करोड ८४ लाख ९२ हजार पुगेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार चुक्ता पुँजी रहेको बैंकको चुक्ता पुँजी समीक्षा अवधिमा ४ अर्ब ८१ करोड १५ लाख ५१ हजार पुर्‍याएको छ । यस्तै, सञ्चित कोषमा ८३ करोड ५८ लाख ९१७ हजार रहेको बैंकको जगेडा कोषमा १ अर्ब १ करोड ३२ लाख ९५ हजार रहेको छ ।

बैंकले चैत मसान्तसम्म सेयरधनीलाई विरतरण गर्ने मिल्ने मुनाफा ८२ करोड ८७ लाख २० हजार आर्जन गरेको छ । बैंकले ब्याज नउठेर रेगुलटरी रिजर्भमा प्रोभिजन गरेको रकममध्ये चैत मसान्तमा ३ करोड ४२ लाख ७२ हजार ब्याज उठाएको छ ।

चैत मसान्तमा बैकको आधार ब्याजदर (वेस रेट) ८.०१ प्रतिशत, स्प्रेड रेट ४.९२ प्रतिशत र सीसीडी रेसियो ७९.९३ प्रतिशत रहेको छ । यस्तै, बैंकको पुँजीकोष अनुपात ११.१४ प्रतिशत छ । यस्तै, बैंकको खराब कर्जा ०.०९ प्रतिशतबाट ०.२१ प्रतिशत पुगेको छ ।

२७ रुपैयाँ ८७ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात १५.४४ गुणा रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC