बाह्रखरी
भर्खरै
sticky  ncell
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
‘टिलो’ सिक्किममा विमोचन
बाह्रखरी - मंगलबार, वैशाख ७, २०७८
Laxmi Bank
Laxmi Bank

विराटनगर । विराटनगरका कथाकार शंकर खरेलको पछिल्लो कथासंग्रह ‘टिलो’ भारतको सिक्किममा विमोचन गरिएको छ । सिक्किम राज्यका पूर्वमुख्यमन्त्री पवन चाम्लिङले एक कार्यक्रमबीच कथासंग्रह विमोचन गरेका हुन् ।

नेपाली भाषीमाझ सिक्किमको नाम्जीमा आयोजना गरिएको कार्यक्रममा चर्चित हास्यकलाकार कलाकार दीपकराज गिरी र दीपाश्री निरौला, गायक सुमित खड्का, कलाकार सुमन गिरी पनि सहभागी थिए ।

Rohto Landing

Agani Group

त्यस अवसरमा पूर्वमुख्यमन्त्री चाम्लिङले नेपाली भाषा र साहित्य साँच्चै नै धनी रहेको चर्चा गरे । विराटनगरका मेयर भीम पराजुलीले सिक्किमका नेपालीभाषीसँग भाषा, संस्कृति र रहनसहनका हिसाबले नेपालीको आत्मीयता रहेको चर्चा । कथाकार खरेलले आफूले समाज र जीवनका विषयहरुलाई नै अति नै सरल ढंगले कथाको रुपमा संग्रहीत गरेको बताए ।

१५४ पृष्ठको कथासंग्रह विराटनगरको न्यु सृष्टि दैनिकले प्रकाशित गरेको हो । यसमा २१ कथा समेटिएका छन् । उपन्यास, कथा, कविता, बायोग्राफीसहित खरेलले १६ कृति प्रकाशित गरिसकेका छन् ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख ७, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्