site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मर्जरबाट आएको ‘वार्गेन गेन’ले  साढे ४१ प्रतिशतले सिटिजन्स बैंकको नाफा बढ्यो
Ghorahi CementGhorahi Cement

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा डेढ अर्बमाथि खुद मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको चैत मसान्तको अपरिष्कृत वित्तीय विवरणानुसार गत आर्थिक वर्ष २०७६/०७७ को सोही अवधिको तुलनामा खुद मुनाफा ४१.६१ प्रतिशत बढेर १ अर्ब  ५४ करोड ५३ लाख ४० हजार पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९ करोड १२ लाख ४५ हजार खुद मुनाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षमा नै सहयोगी विकास बैंकलाई गाभेर एकीकृत करोबार सुरु गरेको बैंकले चैत १४ गतेबाट तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई पनि गाभेर एकीकृत कारोबार सुरु गरेको थियो ।

अन्य वित्तीय संस्थालाई प्राप्ति र व्यवसाय विस्तारका साथै गैरसञ्चालन आम्दानीले गर्दा बैंकको मुनाफा उल्लेख्य रुपमा बढेको छ । तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्दा स्वाप रेसियोबाट आएको १० करोडभन्दा बढी र सहयोगी विकास बैंकको प्राप्तिबाट आएको वार्गेन गेनलाई बैंकले गैरसञ्चालन आम्दानीको रुपमा राखेको छ । जसले गर्दा बैंकको नाफा उल्लेख्य बढेको देखिएको छ ।

Agni Group

चैत मसान्तसम्ममा बैंकले २१ करोड ९८ लाखद ९३ हजार गैरसञ्चालन आम्दानी गरेको छ । यस्तै, बैंकले तेस्रो त्रैमासमा मात्रै गत पुसमा भएको  प्रोभिजनबाट ६ करोड ६२ लाख ११ हजार राइट ब्याक गरेको छ । यसले बैंकको मुनाफ बढाउउने उल्लेख्य भूमिका खेलेको हो ।

बैंकको व्यवसाय विस्तारसँगै खुद ब्याज आम्दानी पनि बढेको छ । बैंकले चैत मसान्तसम्ममा २ अर्ब ५४ करोड ८ लाख २१ हजार खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब २४ करोड ४८ लाख १३ हजार रहेको थियो ।

Global Ime bank

यस्तै, गत आर्थिक वर्षको यही अवधिमा १ अर्ब ५२ करोड ३१ लाख ४७ हजार रहेको बैंकको सञ्चालन मुनाफा बढेर १ अर्ब ९७ करोड ७ लाख २ हजार पुगेको छ ।

बैंकले असार मसान्तमा ८८ अर्ब ४९ करोड ६२ लाख २८ हजार रहेको निक्षेप चैत मसान्तमा आउँदा बढेर १ खर्ब २७ अर्ब २४ करोड ८७ लाख ६५ हजार पुगेको छ । यस्तै, गत असारमा ७८ अर्ब ९७ करोड ६३ लाख ९५ हजार रहेको बैंकको कर्जा लगानी असार मसान्तमा बढेर १ खर्ब ८ अर्ब ९२ करोड २२ लाख १३ हजार पुगेको छ ।

गत चैत मसान्तमा ९ अर्ब ८ करोड ९८ लाख १७ हजार चुक्ता पुँजी रहेको बैकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा  चुक्ता पुँजी  ११ अर्ब ६६ करोड २० लाख ४१ हजार पुर्‍याएको छ । यस्तै, सञ्चित कोषमा १ अर्ब  ३७ करोड ४९ लाख ६५ हजार रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ९ करोड  १० लाख ९५ हजार रहेको छ ।

बैंकले चैत मसान्तसम्म सेयरधनीलाई विरतरण गर्ने मिल्ने मुनाफा १ अर्ब ३४ करोड ६२ लाख ३० हजार आर्जन गरेको छ । बैंकले वितरणयोग्य मुनाफमा डिवेञ्चर परिपक्व भए पनि रिडेम्सन फन्डबाट बैंकले २९ करोड १६ लाख ६७ हजार ल्याएको छ । जसले बैंकको वितरणयोग्य मुनाफा उल्लेख्य बढेको छ ।

चैत १४ गते अगाडि तिनाउ मिसन डेभलमेन्ट बैंकले आर्जन गरेको मुनाफा ब्यालेन्स सिटमा समायोजन भएको छैन ।

चैत मसान्तमा बैकको आधार ब्याजदर (वेस रेट) ७.४४ प्रतिशत, स्प्रेड रेट ३.८६ प्रतिशत र सीसीडी रेसियो ७८.१३ प्रतिशत रहेको छ । यस्तै, बैंकको पुँजीकोष अनुपात १३.८६ प्रतिशत छ । यस्तै, बैंकको खराब कर्जा ०.९७ प्रतिशतबाट १.८३ प्रतिशत पुगेको छ ।

२० रुपैयाँ ७२ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ८७ पैसा र मूल्य आम्दानी अनुपात १५.९४ गुणा रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC