site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइने
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतमा १८ वर्षमाथिका सबै व्यक्तिलाई कोरोनाभाइरसविरुद्धको खोप दिइने भएको छ । संक्रमणको दर बढेसँगै भारत सरकारले आगामी मे १ देखि १८ वर्षमाथिका सबैलाई खोप दिने तयारी गरेको हो ।

यद्यपि, धेरै राज्यहरुमा खोपको अभाव भइरहेको बेला सबै युवालाई पुग्ने खोप कसरी व्यवस्थापन हुन्छ भन्ने प्रष्ट नभएको बीबीसीले उल्लेख गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गत हप्ता त्यहाँको सरकारले दुई करोड ७० लाख डोज मात्र खोप बाँकी रहेको जानकारी दिएको थियो । अहिले खोप कार्यक्रम सञ्चालन भइरहेको दरमा खोप लगाउने हो भने मौज्दात खोपले ९ दिनलाई मात्र पुग्ने बताइएको छ ।

भारतमा अहिले स्वास्थ्यकर्मी, फ्रन्टलाइनर र ४५ वर्षमाथिका व्यक्तिहरुलाई खोप दिइँदै छ । तर, महाराष्ट्रमा भने खोप अभाव भएको भन्दै धेरै मानिस खोप केन्द्रबाटै फर्किएका छन् ।

Global Ime bank

भारतमा अहिले सेरम इन्स्टिच्युट, भारत बायोटेकको खोप र रुसी स्पुतनिक–भीले आपत्कालीन प्रयोगको अनुमति पाएका छन् । उत्पादक कम्पनीले उत्पादनको ५० प्रतिशत खोप केन्द्रीय सरकारलाई बुझाएपछि मात्र बाँकी खोप राज्य सरकार र खुला बजारमा किक्री गर्न पाउने व्यवस्था छ ।

यही अप्रिल १५ देखि भारतमा दैनिक दुई लाख बढीमा कोरोना संक्रमित भेटिन थालेपछि खोप कार्यक्रमलाई तीव्रता दिइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC