बाह्रखरी
भर्खरै
sticky  ncell
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
घनश्याम चिया पिउने कि तन्दुरी चिया ? (भिडियोसहित) १०० बढी भेराइटीको चिया, कपकै ८०० रुपैयाँसम्म
वर्षा महर्जन
बाह्रखरी - वर्षा महर्जन मंगलबार, वैशाख ७, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । स्वरसम्राट नारायणगोपाल र संगीतकार प्रेमध्वज प्रधानको भेट काठमाडौंको एउटा सानो चियापसलले जुराएको थियो । प्रधान आफ्ना संगीतप्रेमी साथीहरुसँग चियाको चुस्की लगाउँदै संगीतको बारेमा गफिन सधैँ ‘माइला दाइ’को चियापसल जान्थे । सोही क्रममा उनका एकजना साथीले नारायणगोपालसँग चिनजान गराइदिए ।

अहिले पनि कतिपयको भेट र परिचय चियापसलमा नै हुने गरेको छ । सामान्यतया त्यस्ता चियापसलमा कालो र दूधको गरी दुईथरी चिया पाइन्छ ।

नेपालमा चियाको कल्चर वि.सं. २०१४ सालदेखि सुरु भएको प्रेमध्वज बताउँछन् । उनी सम्झिन्छन्, “आजजस्तो रेस्टुरेन्ट, क्याफेहरू थिएनन् । सुरुमा नेपालमा चियापसल खोल्नेमध्ये दरबारनिर माइला दाइ भन्ने थिए । एक कपको १० पैसा लिन्थ्यो । त्यति बेला घरमा चिया खाने चलन नै थिएन नि !”

Rohto Landing

Agani Group

त्यति बेला काठमाडौंका चोक र गल्लीहरूमै स्टोभमा पकाएर चिया बेचिन्थ्यो । त्यहाँ चिया पिउन आउने प्रशस्तै हुन्थे । सानोतिनो जमघट नै हुन्थ्यो । आज पनि त्यस्ता केही चियापसलमा उत्तिकै घुइँचो देखिन्छ । वसन्तपुर, पाटनतिर बिहान, साँझ त्यसरी चिया पिउँदै गरेका मानिस भेन्टिन्छन् ।

sarbottam cement

पछिल्लो केही वर्षयता भने नयाँ–नयाँ स्वाद लिन खोज्ने चियापारखीलाई ध्यानमा राख्दै पनि चिया सर्भ गरिँदै आएको छ । अहिले विभिन्न व्यक्तिका रोजाइमा चियाघर, चियावाला, तन्दुरी चिया, चिया अड्डालगायत काठमाडौंका व्यवस्थित चियापसलहरु पर्ने गरेका छन् ।

कसैसँग भेट्ने र गफ गर्ने बहानामै पनि चियाको चुस्की लिन चियापसल जाने गरिन्छ । त्यसैले पनि पछिल्लो समय काठमाडौंमा ‘भेराइटी अफ’ चिया पाइने चियापसलको ‘डिमान्ड’ बढ्न थालेको छ । यहाँ त्यस्ता तीनवटा चियापसलको चर्चा गरिएको छ, जहाँ तन्दुरी चियादेखि ‘मेरो खुसी चिया’सम्मको स्वाद दिन सकिन्छ ।

चियाघर
ट्रेकिङ पेसामा रहेका राजीव शाहीको काम लकडाउनले ठप्प भयो । त्यसअघि पनि उनका अधिकांश साथीहरू नेपालमा भविष्य नदेखेर विदेश गइरहेका थिए । तर, राजीव र उनका दुई साथीहरू (कृष्ण गिरी र विष्णु घिमिरे)नेपालमै केही गर्ने योजना बुन्न थाले ।

योजना बनाउने, छलफल गर्ने स्थान चियापसल नै हुन्थ्यो । तर, सानो चियापसलमा भनेजति समय बस्न नपाउने, गिलासको चिया सकिएसँगै अर्कोलाई ठाउँ दिन भए पनि उठ्नुपर्ने र हिँड्नुपर्ने हुन्थ्यो । यस्तैमा बसेर मज्जाले गफ गर्न सकिने चियापसल खोल्ने निष्कर्षमा उनीहरु पुगे । नाम जुराए, ‘चियाघर’ ।

बानेश्वरबाट सुरु गरिएको चियाघर अहिले कुमारीपाटी, पुतलीसडक, पेप्सीकोलासम्म विस्तार भइसकेको छ । करिब २५ भेराइटीको चिया सर्भ गरिरहेको चियाघरमा गर्मी मौसम आएसँगै नयाँ स्वाद पनि थपिँदै छ । यद्यपि, यहाँको मट्का चिया धेरैको रोजाइमा पर्ने गरेको राजीव बताउँछन् । 

प्रतिमट्का चियाको ५० रुपैयाँ मूल्य कायम गरिएको छ । यहाँ ३० देखि ३०० रुपैयाँसम्मको चियाको स्वाद लिन सकिन्छ । सबै आउटलेटमा गरी दैनिक करिब ६०० कप चिया चियाघरले सर्भ गर्ने गरेको उनले बताए । कपका साथै यहाँ आफैँले सर्भ गरेर खान्छु भन्नेहरूका लागि पट पनि अर्डर गर्ने सुविधा छ ।

तन्दुरी चिया होलिक
नेपालमा कोरोनाभाइरसको प्रवेशसँगै लकडाउनको गाइँगुइँ चल्न थालेको थियो । त्यही बेला एउटा कार्यालयले करारमा रहेका आफ्ना कर्मचारी घटाउन थाल्यो । जसको मारमा जीवन खड्का पनि परे । उनले सरकारी जागिरको लागि पनि तयारी गरिरहेका थिए । तर, लकडाउनले त्यो पनि रोकियो । त्यसपछि सानो लगानीमा गर्न सकिने व्यवसायबारे सोच्दै गर्दा साथी गोविन्द साउदसँग मिलेर चियापसल खोल्ने निर्णयमा पुगे ।

विशेषगरी भारतको पुणे, हैदराबादमा चर्चित तन्दुरी चियापसल खोल्ने निर्णय गरे । हुन त नेपालमा त्यसअघि नै तन्दुरी चिया भित्रिइसकेको थियो । तर, चिया मात्रै बेच्ने गरी अलि ठूलो र ‘स्ट्यान्डर्ड’ रूपमा उनीहरूले खोले । मध्यबानेश्वरस्थित एउटा गल्लीमा रहेको तन्दुरी चिया होलिकमा उमेरले २५ वर्ष नकटेका यी दुई युवा ग्राहकलाई चिया सर्भ गर्दै गरेका भेटिन्छन् । 

गत वर्षको वैशाखमा सुरु गर्ने तयारी गरिएको तन्दुरी चिया लकडाउनले केही महिना धकेलिएर माघको दोस्रो सातादेखि सञ्चालनमा आएको हो । हाल यहाँ १५ भेराइटीको चिया पाइन्छ । तन्दुरी चियाको स्वाद लिन ५० रुपैयाँ भए पुग्छ । मसला चियाको ४५ रुपैयाँ पर्छ ।

पहिलोपटक स्वादको लागि चाख्ने ग्राहकले तन्दुरी चिया रेगुलर रूपमा अर्डर गर्ने गरेको जीवन बताउँछन् ।

ग्राहकले तन्दुरी चिया होलिकमा आउँदाको सम्झना कैद गर्न चाहन्छन् भने त्यो सुविधा पनि यहाँ छ । आफैँले चिया पिएको मट्कामा उनीहरूले केही लेखेर त्यसलाई आफू हरेकपटक आउँदा त्यो दिनको सम्झना ‘रिकल’ गर्न सक्छन् । यहाँ लस्करै ती सम्झनाहरूलाई सञ्चित गरेर राखिएको देख्न सकिन्छ ।

चियावाला
घण्टी बजाउँदै एक युवती आवाज दिन्छिन्, “घनश्याम चिया । दाइ, तपाईंको घनश्याम चिया पाक्यो ।” चियाप्रेमीहरूलाई सयभन्दा बढी भेराइटीमा चियाको स्वाद दिँदै आइरहेको वाग्मती कोरिडोरस्थित ‘चियावाला’मा त्यहाँका कर्मचारीहरूबाट धेरै सुनिने भनेकै घनश्याम चिया हो । समय–समयमा ‘मेरो खुसी चिया’ पनि सुन्न पाइन्छ । यहाँ पाइने चियाको यस्तै रमाइला–रमाइला नामहरु दिइएको भने यी नामसँगै जोडिएका रमाइला कथाहरूले हो ।

निर्देशक/चियावाला सञ्चालक गणेशदेव पाण्डेले घनश्याम चिया आफ्नै बुवालाई समर्पित गरेर राखेका हुन् । यो उनको बुवालाई मनपर्ने साधारण चिया हो । “यो प्लेन चिया नै हो । यसमा कुनै फ्लेवर हुँदैन । यसमा हाम्रो आफ्नै ‘एटिट्युड’ छ । तपाईंले चिनी बढी हाल्दिनुस् भन्दा पनि हाल्दैनौँ । त्यसमा रङ कम गर्दिनुस् भन्दा पनि गर्दैनौँ । यो फिक्स हुन्छ । मैले यो बुवालाई समर्पित गरेको हुँ । मैले जस्तो बनाएँ, तपाईंले खानुपर्छ,” पाण्डे भन्छन्, “तर, तपाईं मेरो ग्राहक हुनुहुन्छ, पैसा तिरेर खाँदै हुनुहुन्छ र तपाईंको आफ्नै टेस्टअनुसारको चिया खान चाहनुहुन्छ भने त्यसको लागि तपाईंले ‘मेरो खुसी चिया’ अर्डर गर्न सक्नुहुन्छ ।”

करिब सय बढी चियाको भेराइटी पाइने यहाँ धेरै अर्डर हुने भनेको यी दुई चिया नै हो । घनश्याम चियाको प्रतिकप ४० रुपैयाँ पर्छ भने मेरो खुसी चियाको ६० रुपैयाँ । यहाँ प्रतिकप ४० देखि ८०० रुपैयाँसम्मको चिया पाइन्छ ।

चलचित्र ‘गाँजाबाँजा’को असफलतापछि निर्देशक गणेश आफ्नै बुवाको पेसा–व्यवसायतिर मोडिएका हुन् । बुटवलको चियापसलमा जन्मिएका गणेशलाई बुवाको पेसा मन पर्दैन थियो । उनको बाल मस्तिष्कमा चिया भनेको गरिबहरूले मात्रै बेच्ने हो भन्ने परेको थियो ।

छोराले आफ्नै बिँडो समाओस् भन्ने बुवा–आमाको इच्छाविपरीत उनी फिल्म मेकिङ पढ्न भारत गए । भारतमा करिब पाँच वर्षको बसाइँमा उनले चियाको राम्रो ‘स्कोप’ र ‘डिमान्ड’ देखेका थिए । तर, चियापसल खोल्ने सोच उनको थिएन ।

भारतबाट नेपाल फर्केपछि राजनीतिक व्यंग्य र युवाको अवस्थालाई चलचित्रको पर्दामा उतारे । अफसोस ! उनको चलचित्र हलमा रिलिज हुनै पाएन । यसैमा भविष्य बनाउँछु भनेका उनको मनोबल गि¥यो । आर्थिक स्थिति पनि खस्कियो । परिवारको जिम्मेवारीले उनी अन्ततः व्यवस्थित रूपमा चियापसल खोलेर बुवाकै बिँडो थाम्ने सोचमा पुगे । त्यसपछि जम्मियो, ‘चियावाला’ ।

गत मंसिरमा दोस्रो वार्षिकोत्सव मनाएको चियावाला हालै बुटवलको एउटा २०० वर्ष पुरानो घरमा विस्तार भएको छ । बुटवलको निमचोकमा गएको फागुनदेखि चियावाला सुरु गरिएको हो ।

चलचित्रमा लगानी डुबेको समयमा चियापसल थालेका उनले आफ्नै घरको फ्रिज ल्याएर राखे । यहाँ टेबुल, कुर्सी, चिया पकाउने डिब्बा (सिपिङ कन्टेनर)लगायत सबै ‘रिसाइकल’ सामानहरू छन् । यहाँ पनि कप र पट दुवैमा चिया पिउन पाइन्छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख ७, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्