राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) केपी शर्मा ओली समूहले रमेश पौडेलको अध्यक्षतामा नेपाल खेलकुद महासंघ गठन गर्दैै छ ।
मंगलबार बिहान ११ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर महासंघ गठन गर्न लागिएको नेता प्रभातविक्रम कटुवालले जानकारी दिए । पौडेल युवा संघका पूर्वसंयोजक पनि हुन् ।
कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।
पुरूषोत्तम पौडेलको नेतृत्वमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पनि समानान्तर महासंघ गठन गरिसकेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८ १०:४२
प्रतिक्रिया दिनुहोस्