site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मेरो उत्कृष्ट प्रदर्शनमा प्रशिक्षक ह्वाटमोरको महत्त्वपूर्ण भूमिका : कुशल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले देशका लागि जित दिलाउँदा आफूलाई खुसी मिल्ने बताएका छन् । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक सिरिजमा कुशलले दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दे टिमलाई जित दिलाएका थिए । जसमा उनले दुबै खेलमा अर्धशतक प्रहार गरेका थिए ।
 
नेदरल्यान्ड्सविरुद्धको खेलमा ६२ रनको अर्धशतक प्रहार गरेका कुशलले मलेसियाविरुद्धको खेलमा ६१ रनको अर्धशतकीय पारी खेले ।
 
त्रिकोणात्मक सिरिजमा डेब्यु गरेका कुशल हाल चर्चाको केन्द्रमा छन् । आफूले यो स्तरको प्रदर्शन गर्दै सबैको माया पाउनुको पछि ठूलो मिहिनेत लागेको बताए । 

उनले डेब्यु खेलमा नै यो किसिमको सफलता मिल्नाले अझै आउने खेलमा उत्कृष्ट प्रदर्शन गर्ने उर्जा मिल्ने बताए । 
“डेब्यु खेलबाट नै सफलता मिलेको छ । यो मेरो लागि सफलताको कुरा हो । यो सफलता र मायाले आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने हौसला मिल्छ । आउने खेलमा पनि राम्रो प्रदर्शन गर्ने मेरो लक्ष्य छ,” कुशलले भने ।
 
सोमबार भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले हराएको थियो । नेपालले पाएको ११० रनको लक्ष्य १२ ओभर १ बलमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । जसमा ओपनर कुशल भुर्तेल ४१ बलमा ३ चौका र ५ छक्कासहित ६१ रनमा अविजित रहे ।
 
टिमले आफूलाई दिएको निर्देशन आनुसार खेल्दा राम्रो नतिजा हात परेको उनी बताउँछन् । उनले नयाँ प्रशिक्षकबाट पनि धेरै कुरा सिक्न पाएकाले सहज भइरहेको बताए ।
 
“हामीलाई दिएको योजना अनुसार हामीले खेल्यौं र नतिजा निकाल्न सक्यौं । मलाई टिमले साथ दिएको छ विश्वास गरेको छ । यही साथ र विश्वासले राम्रो नतिजा आएका हो । मेरो उत्कृष्ट प्रदर्शनमा प्रशिक्षक ह्वाटमोरको महत्त्वपूर्ण भूमिका छ,” कुशलले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि शनिबार नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । उक्त खेलमा पनि आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय इनिङ खेलेका थिए । कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६२ बनाएका थिए । यस्तै, आसिफ शेख ३८ बलमा ४ चौका र ४ छक्का ५४ रनमा अविजित रहेका थिए ।

कुशलले प्रतियोगिताका लागि राम्रो तयारी गरेको बताए । उनले यो प्रतियोगिता मात्र नभएर राष्ट्रिय टोलीका लागि आफूले धेरै मिहिनेत गर्दै आइरहेको बताए ।
 
“प्रतियोगिताका लागि राम्रो तयारी गरेको थिएँ । यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने योजना थियो । सफलता पनि मिल्यो,” कुशलले भने ।
 
घरेलु प्रतियोगितादेखि नै ओपनिङ गर्दै आइरहेका भुर्तेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत उत्कृष्ट ओपनरको परिचय बनाएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC