site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
त्रिकोणात्मक टी–ट्वान्टी : नेपाल र नेदरल्यान्ड्स खेल्दै 
Ghorahi CementGhorahi Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत आज (मंगलबार) नेपाल र नेदरल्याड्स खेल्दै छन्  । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल  दिउँसो सवा एक बजेदेखि सुरु हुनेछ । 

सुरुवातदेखि दुबै खेलमा जित निकालेको नेपाल आजको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ ।
 
नेपालले शनिबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा नेपालका लागि डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेलेका थिए ।

Agni Group

त्यस्तै, सोमबारको आफ्नो दोस्रो खेलमा मलेसियालाई ९ विकेटले पराजित गरेको नेपाल आज पनि सहज जित निकाल्ने योजनामा छ । 

डेब्यु खेलदेखि नै प्रभाव छाडेका खेलाडीलाई आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्न हौसला मिल्नेछ । मलेसियाविरुद्ध ओपनर कुशल भुर्तेल ४१ बलमा ३ चौका र ५ छक्का सहित ६१ रनमा अविजित रहेका थिए । आसिफ शेख २९ बलमा ४ चौका र १ छक्कासहित ४२ रनमा क्याच आउट हुन पुगेका थिए ।
 
नेपालको ओपनिङ जोडीले उच्च प्रदर्शन गर्दा मध्यक्रमका ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह, आरिफ शेख र विनोद भण्डारीको परीक्षण हुन पाएको छैन । आजको खेलमा यी खेलाडीको परीक्षण हुन सक्छ । तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र अभिनाश बोहरा रहने छन् । स्पिनरमा सन्दीप र साहब रहने छन् ।
 
यता, नेदरल्याड्स आफ्नो पहिलो खेलमा नेपालसँग पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई १५ रनले पराजित गरेको थियो । नेदरल्यान्ड्स आजको खेलमा नेपाललाई पराजित गरेर फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ ।
 
मलेसियाविरुद्ध ओपनर म्याक्स ओडाउडले १३३ रनको अविजित ऐतिहासिक इनिङ खेलेका थिए । जुन नेदरल्यान्ड्सबाट टी–ट्वान्टी आईमा बनेको पहिलो शतक हो । उनको लय रोक्न नेपाललाई चुनौती हुने छ ।
 
नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म ७ टी–ट्वान्टी आई खेल भएको छ । जसमा नेपाल ३ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको थियो । एक खेल वर्षाको कारण नतिजा विहीन छ । 

Global Ime bank

नेपालले अन्तिम लिग खेलमा वैशाख ९ गते मलेसियासँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC