काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको पहिलो अभियान अन्तर्गत पहिलो चरणमा खोप लगाएकाहरूलाई दोस्रो डोज मंगलबार (आज)देखि दिँदैछ । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो डोज खोप दिन लागिएको हो ।
पहिलो चरणमा चार लाख २९ हजार ७०५ जनाले खोप लगाएका थिए । पहिले लगाएकै खोप केन्द्रबाट सेवाग्राहीले आजदेखि देखि ११ गतेसम्म खोप लिन पाउनेछन् । दोस्रो डोज कोभिसिल्ड खोप दिइने र त्यसका लागि ७ लाख डोज खोप मौज्दात रहेको खोप विभाग प्रमुख डा. झलक शर्मा गौतमले बताए ।
सबै जिल्लाबाट दिइने खोपका लागि स्थानीय तहले आवश्यकताअनुसार खोप केन्द्र थपघट गर्नसक्ने पनि डा. गौतमले बताए ।
कसको पालो कहिले ?
माघ १४, १५, १६, १७ र २६, २७, २८ र २९ गते खोप लगाएकाहरूको वैशाख ७ गते
माघ १८, १९, २०, २२ र फागुन २ गते खोप लगाएकाहरूको वैशाख ८ गते
माघ २३, फागुन ३, ४ र ५ गते खोप लगाएकाहरूको वैशाख ९ गते
माघ २४, फागुन ६, ८ र ९ गते खोप लगाएकाहरूको वैशाख १० गते
माघ ३०, फागुन ७ र १० गते खोप लगाएकाहरूको वैशाख ११ गते