site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईपीएलमा चेन्नईको दोस्रो जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । चेन्नई सुपर किङ्ग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ म दोस्रो जित हात पारेको छ । सोमबार राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित हात पारेको हो ।

जितका लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय  रन ४३ बनायो ।

राजस्थानका जस बटलरले सर्वाधिक ४९ रनको पारि खेले । उनले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । जयदेव उनादकटले १७ बलमा २ चौका र एक छक्कासहित २४ रन बनाए । 
राहुल टेवाटियाले १५ बलमा २ छक्कासहित २० रन जोडे । शिवम दुबे २० बलमा २ चौकासहित १७ रन जोडे ।

Prabhu Bank
Agni Group
NIC Asia

मनन बोहराले ११ बलमा एक चौका र एक छक्कासहित १४ रन बनाए । 

चेतन साकरिया र मुस्तफिजुर रहमान शुन्य रनमै अभिजित रहे ।

Global Ime bank

यसबाहेक कुनै पनि ब्याटस्म्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । रियान पराग ३, डेबिट मिलर २, कप्तान सञ्जु स्यामसन एक रन, क्रिस मोरिस शून्य रनमा आउट भए ।   

बलिङतर्फ चन्नईका मोईन अलीले तीन विकेट लिए । साम करन र रबिन्द्र जडेजाले दुई विकेट लिए । ड्वेन ब्रावो र शार्दुर ठाकुरले १—१ विकेट लिए ।

यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन बनाएकाे थियाे ।

चेन्नईका फाफ डु प्लेसिसले सर्वाधिक ३३ रनको योगदान दिए । उनले १७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

ड्वेन ब्रावोेले ८ बलमा २ चौका र एक छक्कासहित २० रन रनमा अविजित रहे । दिपक चाहर शून्य रनमा अविजित रहे ।

अम्बाती राइडुले १७ बलमा ३ छक्का सहित २७ रन जोडे । मोईन अली २० बलमा १ चौका र २ छक्का सहित २६ रनको योगदान दिए । सुरेश रैनाले १५ वलमा १ चौका र १ छक्कासहित १८ रन बनाए ।

यस्तै, कप्तान एम एस धोनिले १७ वलमा २ चौकासहित १८ रनको योगदान दिए । 

साम करन १३, रितुराज गायकड १०, रबिन्द्र जडेजा ८ र शर्दुल ठाकुर एक रनमा आउट भए । 
राजस्थानका चेतन साकरियाले तीन विकेट लिए । क्रिस मोरिसले दुई विकेट लिए । यस्तै, मुश्ताफिजुर रहमान र राहुल तेवतियाले १—१ विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  २३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC