site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंककाे निर्देशन- कर्मचारीलाई सिफ्टमा काम लगाउनू
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोनाको दोस्रो लहर सुरु भएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफ्ना कर्मचारीहरूलाई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै केन्द्रिय बैंकले बैंकिङ निरन्तरता दिने हिसाबले सिफ्टमा कर्मचारीलाई काम लगाउन निर्देशन दिएको हो ।

राष्ट्र  बैंकले सेवालाई सकेसम्म विद्युतीय माध्यमबाट गर्न गराउन बैंकहरूलाई निर्देशन दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कर्माचारीलाई समूहमा विभाजन गरी समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी काम गराउन, रिमोर्ट एक्सेस, वर्क फ्रम होम, सिफ्टमा काम गराउने लगायतको उपाय अबलम्बन गराउन भनेको छ ।

यस्तै अत्यावश्यक परे मात्रै सेवाग्राही बैकमा आउन आग्रह गर्ने र सेवाग्राहीको भिडभाड नहुने र भौतिक दुरी कायम हुने गरी बैकिङ सेवा दिनुपर्ने व्यवस्था गर्ने भनेको छ सेवाग्राही लाई  विद्युतीय माध्यमको प्रयोग गर्न र गराउन प्रोत्साहन गर्न भनेको छ ।

Global Ime bank

बैठक, गोष्ठी, सेमिनार, तालिमजस्ता कार्य सकेसम्म भर्चुअलमाध्यमबाट गराउन पनि भनेको छ । राष्ट्र बैंकले एटीएम बुथमा सेनिटाइजर एवम् टिस्युपेपरको व्यवस्था गर्न समेत भनेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  २१:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC