राजनीति
काठमाडौं । सरकारले कोभिड १९ संक्रमणकोे अत्यधिक जोखिम भएका स्थानका शैक्षिक संस्थाहरुको भौतिक पठनपाठन वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्र र भारतीय सीमा जोडिएका सहरका शैक्षिक संस्था, विद्यालय, कलेजलगायतमा हुने भौतिक उपस्थितिसहितको पठनपाठनमा रोक लगाएको हो ।
संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार सरकारले जोखिमको संभावना उच्च रहेका क्षेत्र घोषणा गरि ती क्षेत्रका लागि विशेष व्यवस्थासहितको मापदण्ड जारी गरेको छ ।
यस्तो छ सरकारले गरेको निर्णय
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८ १९:२३
प्रतिक्रिया दिनुहोस्