site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको प्रतिवेदन : नागरिक आन्दोलन सामाजिक सद्भाव विथोल्न उद्यत
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक समाज समाज विथोल्न केन्द्रित भइरहेको बताएका छन् । पछिल्लो समय नागरिक समाजको व्यानरमा अभियान शक्तिशाली बन्दै गइरहेको छ । प्रतिनिधिसभा विघटनपछि नागरिक अभियान झन् सशक्त बनेको थियो ।

त्यसबाट क्षुब्ध बनेका ओलीले नागरिक आन्दोलनलाई समाज भड्काउने आन्दोलनको रूपमा चित्रित गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“नगरिक आन्दोलनको आवरणमा कतिपय व्यक्ति र समूहबाट सरकारको निराधार विरोध गर्ने, प्राप्त उपलब्धिलाई ओझेलमा पार्दै एकोहोरो नकारात्मक प्रचार गर्ने, जनताका धार्मिक–सांस्कृतिक आस्था, विकास निर्माण र शान्ति सुरक्षासँग जोडिएका संवेदनशीलतामाथि खेलबाड गर्ने र सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको छ,” दशौँ महाधिवेशन आयोजक कमिटीमा पेस गरिएको प्रतिवेदनमा किटान गरिएको छ, “स्वतन्त्र, व्यावसायिक र निष्पक्ष रहनु पर्ने मिडियालाई सरकारविरुद्ध परिचालित गर्ने कोसिस भएको छ । जनतामा निराशा र समाजमा भ्रम पैदा गर्दै मुलुकलाई पुनः अस्थिरतातिर धकेल्न विभिन्न कोणबाट भइरहेका यस्ता क्रियाकलापप्रति सजग रहनु पर्छ ।”

अदालतको फैसलाबाट नेकपा (एमाले) लाई एकतावद्ध बनाउन प्राप्त अवसरलाई सदुपयोग गर्दै विगतका कमीहरू सच्याएर पार्टी एकतामा योगदान गर्नुको साटो माधव नेपाल लगायत केही नेताहरू उल्टो र विभाजनकारी बाटो हिँडेको उनको आक्षेप छ । फागुन २३ पछि पनि प्रचण्ड लगायत नेताहरूसँग बारम्बार गोप्य बैठक गर्ने, पार्टी विरुद्ध षडयन्त्र गर्ने, गुटगत भेला र बैठक गर्दै नेकपा (एमाले) मा फर्केर केपी ओलीलाई परास्त गर्ने निर्णय गरेकाप्रति प्रतिवेदनमा उनको आक्षेप छ । “बैठकमा सहभागी हुन गरिएको आह्वानलाई वेवास्ता गर्दै समानान्तर गतिविधिको रूपमा पार्टी विभाजनको निन्दनीय अभ्यास जारी छन् । अदालतबाट पुनःस्थापित पार्टीलाई व्यवस्थित गर्ने, केही कानुनी र विधानका वाधाहरू हटाउने र प्रतिकूल अवस्थामा पार्टी नेतृत्वका पक्षमा दृढतापूर्वक उभिने पूर्वमाओवादी केन्द्र पृष्ठभूमिका कमरेडहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने एवं विगतमा पार्टी एकता र नेतृत्वका विपक्षमा उभिएका साथीहरूलाई गल्ती सच्याएर पार्टीमा क्रियाशील हुन आह्वान गर्ने जस्ता सकारात्मक निर्णय गरिएको फागुन २८ गते केन्द्रीय कमिटीको बैठकलाई विरोध गरिरहनु भएको छ ।”

Global Ime bank

चैत २ गते नेता नेपाल लगायत नेताहरूलाई पार्टी केन्द्रीय कार्यालयमा बोलाएर विगतका कमीहरूप्रति आत्मालोचना गर्न, पार्टीमा कुनै गुटगत गतिविधि स्वीकार्य नहुने भएकाले त्यस्ता गतिविधि नगर्न र एकतावद्ध भएर अगाडि बढ्न आग्रह गरे पनि त्यो कामयावी हुन नसकेको उनको निचोड छ ।

“उहाँहरूका विगतका गल्तीलाई बिर्सन र एकतावद्ध भएर अगाडि बढ्न तयार रहेको हाम्रो सन्देश पार्टी एकताका लागि महत्त्वपूर्ण आधार थियो । तर उहाँहरूले वेवास्ता गर्नुभयो । भोलिपल्ट प्रधानमन्त्रीले आयोजना गरेको चियापान वहिष्कार गर्नुभयो, राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकलाई अपमान गर्नुभयो र पार्टीको स्पष्ट निर्देशनका विपरीत पार्टीका नाममा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्नुभयो । पार्टी संरचना र जनसङ्गठनहरूमा समानान्तर कमिटी निर्माण गर्ने र पार्टी नेतृत्वकाविरूद्ध निरन्तर भ्रमपूर्ण प्रचार र विरोध अभियान चलाउने यस्ता गतिविधि गरेर उहाँहरूले पार्टी र आन्दोलनमाथि गम्भीर आघात पुर्‍याइरहनु भएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC