site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मुलुकलाई राजनीतिक स्थिरता दिने हाम्रो प्रयास संसद् पुन:स्थापना भएर सफल हुन सकेन : ओली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीति अकर्मण्यतामा फसेको बताएका छन् । ओलीले सोमबार केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिसभा पुन:स्थापना भएपनि ढुक्कले काम गर्ने वातावरण नरहेको र वैकल्पिक सरकार बन्न सक्ने अवस्था पनि रहेको उल्लेख छ ।

"ताजा जनादेशका माध्यमबाट मुलुकलाई राजनीतिक स्थिरता, स्वच्छता र विकासको दिशामा लैजाने हाम्रो प्रयास सर्वोच्च अदालतको फैसलाले गर्दा सफल हुन सकेन । सर्वोच्च अदालतको फैसलासँगै २०७५ जेठ ३ गतेबाट सुरू भएको पार्टी एकीकरणको ऐतिहासिक प्रक्रिया पनि कानुनी रूपमा अवरूद्ध भएको छ । संवैधानिक इजलासबाट पुनर्स्थापित भएको प्रतिनिधिसभा न त सरकारलाई दुक्कले काम गर्ने वातावरण दिने, न वैकल्पिक सरकार नै निर्माण गर्न सक्ने अकर्मण्यतामा फस्न पुगेको छ," प्रतिवेदनमा भनिएको छ ।

ओलीले राजनीतिक अन्यौलताका कारण समृद्धिको यात्रा प्रभावित हुने आशंका पनि व्यक्त गरेका छन् । प्रतिवेदनमा राष्ट्रिय राजनीतिलाई अस्थिरता, अन्यौल र गतिरोधमा जानबाट रोक्नु पर्ने दायित्व आफ्नो काँधमा आएको उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC