site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीको विशेष अधिवेशन वैशाख १३ गते लाई बोलाइयो 
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेशको विशेष अधिवेशन वैशाख १३ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुखको कार्यालय स्रोतकाअनुसार वैशाख १३ गते सोमबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको हो ।

गण्डकीमा अहिले नयाँ सरकार बनाउने रस्साकस्सी छ  । अहिले यहाँ एमालेको ओलीपक्षका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकार प्रमुख छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

एमाले सरकारविरुद्ध काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको मोर्चाबन्दी बनेको छ । यो मोर्चालाई अर्को प्रतिपक्षी राष्ट्रिय जनमोर्चाले समेत सहयोग गर्ने पक्कापक्की भएपछि वैशाख २ गते गुरुङ सरकारविरुद्ध यी तीन दलका २८ जना सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

तर, आफ्नो सरकार ढल्ने सुइँको पाएपछि मुख्यमन्त्री गुरुङले अघिल्लो दिन वैशाख १ गते राति १२ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्य भएको निर्णय मन्त्रिपरिषदबाट गराए । सरकारको निर्णयअनुसार प्रदेश प्रमुख अमिक शेरचनले संसद अधिवेशन अन्त्य गरेका थिए ।

Global Ime bank

बिहीबार बिहान १०:३५ मा प्रदेश सभा सचिवालयमा अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको पत्र दर्ता भएको थियो ।
गुरुङ सरकारको उक्त कदमप्रति तीन दलले असहमति जनाउँदै सोही दिन नै अविश्वासको प्रस्ताव दर्ता गराएका थिए भने सत्ता साझेदार माओवादी केन्द्रले समर्थन पनि फिर्ता लिएको थियो । सोही दिन नै २८ सांसदले प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशनको समावेदन पनि दर्ता गराएका थिए ।

उक्त समावेदन पत्र दर्ता पछि प्रदेश प्रमुखले १३ गतेको लागि अधिवेशन आह्वान गर्ने भएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC