site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्को सातौं अधिवेशनमा प्रधानमन्त्री पूरै गयल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको चालू अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली कुनै बैठकमा उपस्थित भएनन् । 

सामान्यतयाः संसदको नयाँ अधिवेशन सुरु हुने दिन प्रधानमन्त्री अनिवार्य नै उपस्थित हुने गर्छन् । तर, फागुन २३ गते संसद भवनको परिसरमा पुगेर पनि बैठकमा सहभागी नभइ प्रधानमन्त्री केपी ओली बाहिरिएका थिए । त्यसयता बसेका  ९ वटामध्ये कुनै पनि बैठकमा ओली सहभागी भएनन् । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालू अधिवेशन आज अपराह्न १ बजेबाट अन्त्य गरेकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पुस ५ गते विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतको फैसलापछि फागुनमा पुनःस्थापित भएको थियो । 

तर, कुनै पनि बैठकमा प्रधानमन्त्री केपी ओली भने उपस्थित भएनन् । पहिलो र दोस्रो बैठकमा नयाँ बानेश्वरस्थित संसद भवन परिसर पुगे पनि प्रधानमन्त्री बैठक कक्ष प्रवेश नगरी बाहिरिएका थिए । पुस ५ मा आफैँले विघटन सिफारिस गरेका प्रधानमन्त्री ओली कुन नैतिकताका आधारमा बैठकमा सहभागी हुन्छन् भन्दै नेकपा एमालेकै सांसद भीम रावलले पहिलो बैठकमै बोलेका थिए । 

Global Ime bank

प्रधानमन्त्री ओलीले संसद् पुनःस्थापनापछि संसदले काम गर्न नसक्ने भएकाले औचित्य नभएको पुष्टि गर्ने प्रयत्न गरेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् बैठकमै आवाज उठाउँदै आएको थियो ।  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंह सरकारले हठात् संसद स्थगित गरेर संसदको मानमर्दन गरेको टिप्पणी गरे । संसद् अधिवेशन अन्त्यपछि बाह्रखरीसँग कुरा गर्दै उनले सरकारले संसद् फेस गर्न नसकेकाले त्यसबाट भाग्न अधिवेशन अन्त्य गरेको बताए । 

“संसद फेस गर्न नसकेर सरकारले पटक—पटक संसदमाथि प्रहार गरेको छ । यस्तो अलोकतान्त्रिक कदम उठाउने सरकारले फेरि पनि संसदीय व्यवस्थामाथि अर्को प्रहार गरेको छ,” उनले भने । 

सभामुखमाथि निरन्तर प्रहार

शनिबार आफैँले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीको गुनासो थियो—सभामुखले काम गर्न दिएनन् ।

उनले यसअघि पनि पटक पटक सभामुख सापकोटाको आलोचना गरे । कार्यपालिकालाई प्रतिनिधिसभाले सहयोग नगरेको प्रधानमन्त्री ओलीले गुनासो गरिरहे । 

प्रधानमन्त्रीले असन्तुष्टि पोखिरहे भने सभामुख सापकोटाले सरकारले बिजनेश नदिएको गुनासो यो अधिवेशनभर गरिरहे । 

“प्रतिनिधिसभा पुनः क्रियाशील भएसँगै हामीमाथि इतिहासले केही गहन जिम्मेवारी पनि थपेको छ,” सभामुख सापकोटाले  अधिवेशन सुरु गर्दै भनेका थिए, “केही वृत्तबाट विगतका विसंगतिपूर्ण अभ्यास दोहोरिने आशंका उत्पन्न भइरहेको सन्दर्भमा यस सभालाई जीवन्त, गतिशील र थप जनमुखी बनाउन प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दल एवं माननीय सदस्यहरुको भूमिका महत्वपूर्ण हुन्छ ।” 

तर, प्रधानमन्त्री ओली भने सरकारले दिएको बिजनेश अगाडि नबढाएको भन्दै सभामुख सापकोटाप्रति गुनासो गरिरहे ।

संसदको यो अधिवेशनभर उनी कुनै पनि बैठकमा सहभागी नै भएनन् । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC