site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अनलाइन कक्षा भए पनि परीक्षा नरोकिने !
Ghorahi CementGhorahi Cement

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ कोर्ष पूरा नहुन्जेलसम्म वैकल्पिक कक्षा बन्द नगर्न आग्रह गरेका छन् । 

ललितपुरमा आयोजित एक कार्यक्रमपछि पत्रकारसँगै कुरा गर्दै मन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयले तोकेको जिल्ला र सहरका विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभए पनि अनिवार्य रुपमा वैकल्पिक माध्यम प्रयोग गरी कक्षा सञ्चालन गर्न आब्हान गरेका हुन् ।

मन्त्री श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड पालना गरी कुनै पनि परीक्षा नरोकिने बताए । 

Agni Group

उनले स्वास्थ्य प्रोटोकललाई कडाईकासाथ पालना गरी परीक्षा सञ्चालन गर्दा कुनै समस्या नहुने स्पष्ट पार्दै भने, “सरकारले परीक्षा सञ्चालन भएका विद्यालयको अनुगमन गर्दा गलत देखिए कारबाही गर्नेछ ।” 

उनले परीक्षा भएका विद्यालयमा नियमित अनुगमनलाई निरन्तरता दिने समेत जानकारी दिए । 

Global Ime bank

जेठमा सञ्चालन हुने एसईई र कक्षा १२ को परीक्षाको विषयमा सरकारले कुनै निर्णय नगरेको बताउँदै त्यसविषयमा अवस्था हेरेर विश्लेषण गरिने जानकारी दिए ।

मन्त्री श्रेष्ठले कोभिडको कारण १४ जिल्ला र केही सहरका शिक्षणसंस्था बन्द गर्ने निर्णय भएको बताउदै सरकारले वैशाख मसान्तपछि बन्द गर्ने वा नगर्ने भन्ने विषयमा अवस्था हेरेर थप निर्णय हुने बताए ।

यसैबीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । भोलिदेखि विद्यालयले अनलाइनमा कक्षा सञ्चालन गर्नेछन् ।

कोरोना भाइरसको संक्रमण विद्यालय जाने बालबालिकालाई धेरै देखिन थालेकाले जोखिम बढेको छ ।

आइतबारसम्म पाँच वर्षमुनिका तीन हजार ५ सय ६५ बालबालिकामा कोरोना भाइरस सक्रमण देखिएको र १० जनाको निधन भैसकेको विवरण सार्वजनिक भैसकेको छ । 

राजधानीकै केही सरकारी र निजी विद्यालयका दर्जनौँ विद्यार्थी र केही शिक्षकलाई कोरोना संक्रमण भैसकेको अवस्थामा विद्यालय बन्द गर्न दबाब परेपछि मन्त्री परिषदको बैठकले आजबाट वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

विद्यालय बन्द नगरेको भन्दै विभिन्न वालसरोकारवाला निकाय, चिकित्सकलगायतले विद्यालय बन्द गर्न आग्रह गरिसकेको थियो ।

आइतबार झण्डै १ सय २१ विद्यार्थी संक्रमित भएका थिए । मुलुकभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि विद्यालय बन्द गर्नुपर्ने दबाब बढ्दै गएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC