काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत अहिले मलेसिया र नेपालले प्रतिस्पर्धा गरि रहेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरि रहेको नेपालले चौंथो विकेट लिएको छ ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आठौं ओभरको पाँचौं बलमा सायद आजिजलाई क्याच आउट गराएका हुन् । दिपेन्द्रले फालेको बलमा आसिफ शेखले क्याच आउट गराए । अजिजले मलेसियाका लागि २७ रनको योगदान गरे ।
यसअघि सोमपाल कामीले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो विकेट लिएका थिए । उनले सातौं ओभरको अन्तिम बलमा भिरन्दीप सिंहलाई बोल्ड आउट गराएका हुन् । भिरन्दीपले मलेसियाका लागि ६ रन बनाए ।
नेपालले मलेसियाका कप्तान चौथो ओभरको दोस्रो बलमा ३ रन आउट गराउँदै दोस्रो सफलता हात पारेको थियो । नेपालका करण केसीले फालेको बलमा विकेट किपर विनोद भण्डारीले रन आउट गराएका हुन् । करणले नै नेपालका लागि करण केसीले पहिलो विकेट लिएका थिए ।
उनले दोस्रो ओभरको चौथो बलमा विकेट लिएका थिए । उनले अनओर उदिनलाई ८ रनमा आउट गराएका हुन् ।