site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतको दिल्लीमा परीक्षण गरिएका तीनमध्ये एक जनामा कोरोना पुष्टि
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । भारतको दिल्लीमा कोरोना परीक्षण गरिएका तीनमध्ये प्रत्येक एक जनामा कोरोना संक्रमण भएको पाइएको छ । ८५ हजारभन्दा धेरैमा गरिएको परीक्षणका क्रममा २९.७४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । चारदिन अघि दिल्लीमा संक्रमण दर १५.९२ प्रतिशत रहेको दैनिक हिन्दुस्तानले जनाएको छ ।

पछिल्लो एक सातादेखि यहाँ रात्रीकालीन कफ्र्यु लगाइनुका साथै भिडभाड गर्न रोक लगाइएको छ । तथापि संक्रमणदर बढिरहेकाले यसमा चिकित्सकहरुले चिन्ता व्यक्त गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

Agni Group

दिल्लीमा अवस्था गम्भिर बनेसँगै मुख्यमन्त्री अरबिन्द केजरीवालले केन्द्र सरकारसँग सहयोगको अपिल गरेका छन् । आइतबार राजधानी दिल्लीमा २५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा १६१ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

एक अर्ब ३६ करोडभन्दा बढी जनसंख्या रहेको भारतमा हालसम्म १ करोड ६१ लाखले मात्र कोरोनाविरुद्धको खोप पाएका छन् । केही दिनयता भारतमा दैनिक संक्रमीतको संख्या दुई लाख नाघेको छ ।

Global Ime bank

कोरोना भाइरसको संक्रमण बढेसँगै जेईई परीक्षा स्थगित गरिएको केन्द्रीय शिक्षामन्त्री रमेश पोखरियाल निशंकलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । भारतमा यसअघि नै कक्षा १० र १२ को परीक्षा स्थगित भइसकेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC