site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत अहिले मलेसिया र नेपाल प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ । 

मलेसियाले केही बेरपछि नेपालविरद्ध ब्याटिङ थाल्नेछ । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका आरिफ शेखको स्थानमा कुशल मल्ल आउने भएका छन् । आजको खेलमा जित निकाल्दै नेपाल आफूलाई बलियो बनाउने योजनामा छ ।
 
नेपालले शनिबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा नेपालका लागि डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेलेका थिए ।
 
पहिलो खेलमा सहज जित निकालेको नेपाललाई आजको खेलमा पनि जित निकाल्ने मौका छ । डेब्यु खेलमा प्रभाव छाडेका खेलाडीलाई आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्न हौसला मिल्नेछ ।
 
यता, मलेसिया आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सँग १५ रनले पराजित भएको थियो । नेपाल र मलेसियाबीचको हालसम्मको नतिजा हेर्दा नेपाल बलियो मानिएको छ ।
 
नेपाल र मलेसियाबीच हालसम्म चार टी–ट्वान्टी आई खेलहरु भएका छन् । जसमा नेपालले तीन टी–ट्वान्टी आईमा जित निकालेको छ । त्यसैले आजको खेलमा नेपाली खेलाडीको मनोबल उच्च हुनेछ । 

नेदरल्यान्ड्सँगको खेलमा विरनदीपले ८७ रनको इनिङ खेलेका थिए । कप्तान अहमद फैज अनुभवी खेलाडी हुन् । सैद अजिज पनि राम्रो ब्याटिङ गर्ने खेलाडीका रुपमा चिनिन्छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC