site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
त्रिकोणात्मक टी–ट्वान्टी, नेपाल र मलेसियाबीच प्रतिष्पर्धा हुँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत आज (सोमबार)को खेलमा नेपाल र मलेसियाबीच प्रतिष्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल  दिउँसो सवा एक बजेदेखि सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेपाल आफूलाई बलियो बनाउने योजनामा छ । 

नेपालले शनिबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।  पहिलो खेलमा नेपालका लागि डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेलेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो खेलमा सहज जित निकालेको नेपाललाई आजको खेलमा पनि जित निकाल्ने मौका छ ।  डेब्यु खेलमा प्रभाव छाडेका खेलाडीलाई आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्न हौसला मिल्नेछ । 

यता मलेसिया आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सँग १५ रनले पराजित भएको थियो । नेपाल र मलेसियाबीचको हालसम्मको नतिजा हेर्दा नेपाल बलियो मानिएको छ । 

Global Ime bank

नेपाल र मलेसियाबीच हालसम्म चार टी–ट्वान्टी आई खेलहरु भएका छन् । जसमा नेपालले तीन टी–ट्वान्टी आईमा जित निकालेको छ । त्यसैले आजको खेलमा नेपाली खेलाडीको मनोबल उच्च हुनेछ । 

नेपालका लागि आजको खेलमा पनि कुशल भुर्तेल र आशिफ शेखले ओपनिङ सम्हाल्नेछन् ।  मध्य क्रममा ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र विनोद भण्डारीले साथ दिनेछन् । 

त्यस्तै बलिङतर्फ नेपालका सोमपाल कामी, अविनास बोहोरा, करण केसी र सन्दीप लामिछानेले सम्हाल्ने छन् ।  मलेसियाले नेपाललाई अन्तिम पटक २२ रनले पाराजित गरेको थियो । 

नेपालले दुई स्पिनर र तीन तीव्र गतिका बलर खेलाउने रणनीति देखिन्छ । स्पिनरमा लेग स्पिनर सन्दीप लामिछानेलाई साहब आलमले साथ दिन सक्छन् । साहबले नेदरल्यान्ड्सविरुद्धको खेलबाट टी–ट्वान्टी आईमा डेब्यु गरेका थिए । 

नेपालका लागि मलेसियाका युवा खेलाडी विनरादीप र पवनदीप सिंहका दाजुभाई नेपाललाई ‘घातक’ बन्न सक्छन् ।

नेदरल्यान्ड्सँगको खेलमा विरनदीपले ८७ रनको इनिङ खेलेका थिए । कप्तान अहमद फैज अनुभवी खेलाडी हुन् । सैद अजिज पनि राम्रो ब्याटिङ गर्ने खेलाडीका रुपमा चिनिन्छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC