खेल
काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा गेटाफेसँग गोलरहित बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा रियलले गेटाफेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
उपाधि दावेदार रियलले बराबरी गरेसँगै बार्सिलोनालाई भने केही सहज भएको छ । यता, रियलको बराबरीपछि एट्लेटिकोले लिगमा अग्रता बनाउने मौका पाएको छ ।
एट्लेटिकोले लिगमा हाल ३ अंकको अग्रता बनाएको छ । लिगमा ३१ खेल खेलेको रियलको ६७ अंक छ । रियल अंक तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटिकाको ७० अंक रहेको छ ।
रियलले बराबरी खेलेसँगै उपाधि होडमा पनि रोमाञ्चकता आएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८ ०८:२०
प्रतिक्रिया दिनुहोस्