खेल
काठमाडौं । प्रिमियर लिग क्लब लेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा लेस्टरले साउथह्याम्पटनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन किलेची हेनाकोले निर्णायक गोल गरेका हुन् । खेलको ५५ औं मिनेटमा हेनाकोले गोल गर्दै टिमलाई १–० गोलको जित दिलाएका हुन् ।
योसँगै लेस्टरले फाइलनमा चेल्सीसँगको भेटलाई पक्का गरेको छ । चेल्सी सेमिफाइलन खेलमो म्यान्चेस्टर सिटीलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।
लेस्टर सन् १९१६ पछि पहिलो पटक एफए कफको फाइलनलमा प्रवेश गरेको हो ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८ ०८:१७
प्रतिक्रिया दिनुहोस्