site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
शिखर धवनको उत्कृष्ट ब्याटिङमा दिल्लीको सानदार जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । शिखर धवनको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा दिल्ली क्यापिटल्सले सानदार जित हात पारेको छ । दिल्लीले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गर्दै सानदार जित निकालेको हो । 

जितको लागि १ सय ९६ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै १ सय ९८ रन बनायो ।
दिल्लीका लागि शिखर धवनले सर्वाधिक ९२ रनको अर्धशतकीय पारी खेले । उनले ४९ बल खर्चेर १३ चौका र २ छक्का प्रहार गरे ।  मार्कस स्टोइनिसले १३ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा अविजित रहे । पृथ्वी शाले १७ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

कप्तान ऋषभ पन्तले १६ बलमा १ छक्कासहित १५ रन बनाए ।  ललित यादव १२ रनमा अविजित रहे । उनले ६ बलमा  बलमा २ चौकासहित १२ रन बनाए ।  स्टीव स्मिथ १२ बलमा ९ रन बनाएर आउट भए ।  पन्जाबका झेय रिचर्ड्सनले २ विकेट लिए 
अर्शदीप सिंह र रायली मेरेडीथ एक–एक विकेट लिए । 

यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९५ रन बनायो । 

Global Ime bank

पन्जाबकालागि मयंक अग्रवालले ६९ रनको अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ६९ रन प्रहार गरे । 

पन्जाबका कप्तान लोकेश राहुलले ५१ बलमा ७ चौका र २ छक्का सहित ६१ रन बनाए ।
 
दिपक हुडा २२ रनमा अविजित रहे । उनले बलमा १३ बलमा २ छक्कासहित २२ रन बनाए । शाहरुख खान ५ बलमा २ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे ।

यस्तै, क्रिस गेल ९ बलमा एक छक्कासहित ११ रन बनाए । निकोलस पुरनले ८ बलमा १ चौकासहित ९ रन जोडे ।

बलिङतर्फ दिल्लीका लुकमन मेरीवाला, कगिसो रवाडा, आवेश खान र क्रिस वोक्सले समान एक–एक विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  २३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC