site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
दिल्लीलाई पन्जाबकाे १९६ रनको लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं खेलमा दिल्ली क्यापिटल्सलाई १ सय ९६ रनको लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९५ रन बनायो । 

Prabhu Bank
Agni Group
NIC Asia

पन्जाबका लागि मयंक अग्रवालले ६९ रनको अर्धशतकीय पारी खेले । उनले ३६ बलमा ७ चौका र ४ छक्कासहित सर्वाधिक ६९ रन प्रहार गरे । 

पन्जाबका कप्तान लोकेश राहुलले ५१ बलमा ७ चौका र २ छक्का सहित ६१ रन बनाए । 

Global Ime bank

दिपक हुडा २२ रनमा अविजित रहे । उनले बलमा १३ बलमा २ छक्कासहित २२ रन बनाए । शारुख खान ५ बलमा २ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे ।

यस्तै, क्रिस गेल ९ बलमा एक छक्कासहित ११ रन बनाए । निकोलस पुरनले ८ बलमा १ चौकासहित ९ रन जोडे ।

वलिङतर्फ दिल्लीका लुकमन मेरीवाला, कगिसो रवाडा, आवेश खान र क्रिस वोक्सले समान एक–एक विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  २१:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC