site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बेंग्लोरको लगातार तेस्रो जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । रोयल च्यालेन्जर्स बेंग्लोरले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार तेस्रो जित निकाल्लेको छ । आइतबार साँझ कोलकत्ता नाइट राइडर्सलाई ३८ रनले पराजित गर्दै बेंलोरले तेस्रो जित निकालेको हो ।

बेंग्लोरले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६६ रन बनायो ।

कोलकत्ताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाए । उनले २० बलमा ३ चौका र २ छक्का प्रहार गरे । शाकिब अल हसन २५ बलमा एक चौका र एक छक्का २६ रन बनाए । ओईन मर्गन २३ बलमा १ चौका र २ छक्का सहित २९ रन जोडे । 

Prabhu Bank
Agni Group
NIC Asia

प्याट कमिन्स दुइ बलमा एक छक्का प्रहार गर्दै आउट भए । नितिश राणाले ११ बलमा २ चौका र १ छक्काको मद्दतले १८ रन बनाए । राहुल त्रिपाठीले २० बलमा ५ चौका सहित २५ रन जोडे ।

शुभमन गिलले ९ बलमा २ चौका र २ छक्काको मद्दतले २१ रन जोडे । अन्य खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् । 

Global Ime bank

बलिङ्तर्फ बेंग्लोरका काइल जेमिसनले सर्वाधिक तीन विकेट लिए । युजवेन्दर चहर र हर्षल पटेलले दुई–दुई विकेट लिए । वासिंगटन सुन्दर एक विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो । एवी डी भिलियर्सले ७६ रनको अर्धशतक प्रहार गरे । उनले ३४ बलमा ९ चौका र ३ छक्का सहित अविजित ७६ रन बनाए । ग्लेन म्याक्सवेलले ७८ रनको अर्धशतकीय पारी खेले । उनले ४९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । 

काइल जेमिसन ४ बलमा एक चौका र एक छक्का सहित अविजित ११ रन जोडे ।

देवदत्त पाडिक्कल २८ वलमा २ चौकासहित २५ रन बनाए । कप्तान विराट कोहलीले ६ बलमा एक चौका सहित ५ रन जोडे । रजत पाटीदारले एक रनमै आउट भए ।
 
बलिङतर्फ कोलकत्ताका स्पिनर वरुण चक्रवर्तीले २ विकेट लिए । प्रसिद्ध कृष्णा र प्याट कमिन्सले समान एक–एक विकेट लिए । 

जितसँगै बेंग्लोर ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC