site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकामा बढ्दै प्रहरी दमन, श्वेतको तुलनामा अश्वेत मारिने सम्भावना ‘तीन गुणा बढी’
Ghorahi CementGhorahi Cement

काठमाडौं । गत अप्रिल ११ मा अमेरिकाको मिनिसोटा राज्यको ब्रुकलिन सेन्टरमा प्रहरी अधिकारीको गोली प्रहारबाट अफ्रिकी मूलका अमेरिकी नागरिक डन्टे राइटको मृत्यु भयो ।

ट्राफिक नियम तोडेको भन्दै प्रहरीले राइटलाई कारबाट बाहिर निकाल्यो । राइट पुनः कारभित्र छिर्न खोजेपछि प्रहरीले उनीमाथि गोली प्रहार गरेको थियो । २० वर्षीय राइटको घटनास्थलमा नै मृत्यु भयो ।

प्रहरीले भने उनलाई अचेत गराउन टेजर चलाउन खोजे पनि भुलवश बन्दुक चलाउन पुगेको बताउँदै आएको छ । गोली चलाउने प्रहरी अधिकारीमाथि गैरन्यायिक हत्याको मुद्दा चलाइएको छ ।

Agni Group

जर्ज फ्लोएड
मिनियापोलिसमा प्रहरीले पक्राउ गरेपछि जर्ज फ्लोएडको सन् २०२० मे २५ मा प्रहरी हिरासतमा नै मृत्यु भएको थियो । एक प्रहरी अधिकारीले फ्लोएडलाई जमिनमा ढाली गर्दनमा घुँडाले थिचेका थिए । उनले २० भन्दा बढी पटक आफूलाई स्वास फेर्न गाह्रो भएको प्रहरीको शरीरमा जोडिएको बडी क्यामेरामा कैद भएको भिडियोमा देखिएको थियो ।

४६ वर्षीय फ्लोएडको मृत्युपश्चात अमेरिकालगायत विश्वभर अश्वेत व्यक्तिको अधिकारको माग गर्दै प्रदर्शन चर्किएको थियो । अहिले यो मुद्दामा अदालतमा सुनुवाइ जारी छ ।

Global Ime bank

ब्रिओना टेलर
सन् २०२० मार्च १३ मा २६ वर्षीया ब्रिओना टेलरमाथि प्रहरीले उनकै अपार्टमेन्टमा गोली हानी हत्या गरेको गर्‍यो । आपत्कालीन चिकित्सा प्राविधिक टेलरको अपार्टमेन्टमा खानतलासी गर्ने क्रममा प्रहरीले उनीमाथि आठ राउन्ड गोली फाएर गरेको थियो ।

टेलरका प्रेमीले गोली चलाएपछि आफ्नो बचाउका लागि जवाफी फाएर गरेको प्रहरीले दाबी गरेको थियो । तर, उनका प्रेमीले प्रहरीले आफ्नो पहिचान नखुलाएपछि चोर घुसेको ठानेर गोली प्रहार गरेको बताएका थिए ।

तमिर राइस
सन् २०१४ नोभेम्बर २२ मा ओहिओ राज्यस्थित क्लिभल्यान्ड सहरमा प्रहरीले १२ वर्षीय तमिर राइसमाथि गोली प्रहार गर्‍यो । प्रहरीलाई बन्दुक देखाएको भन्दै प्रहरीले राइसमाथि गोली प्रहार गरेको थियो ।

आफूहरुले बन्दुक भुइँमा राख्न भने पनि उनले बन्दुक ताकिरहेकाले गोली चलाएको प्रहरीले दाबी गर्‍यो । तर, गोली चलाइसकेपछि बन्दुक नक्कली रहेको प्रमाणित भएको थियो । यद्यपि, संघीय आपराधिक आरोप लगाउन आवश्यक प्रमाण नभेटिएको भन्दै गोली चलाउने प्रहरीमाथि अनुसन्धान बन्द गरिएको थियो ।

प्रहरी दमनका कारण अमेरिकामा मारिनेको यी केही प्रतिनिधि घटना मात्र हुन् । अमेरिकामा प्रहरी दमनका कारण वर्षेनि सयौँ मानिसले ज्यान गुमाउने गरेका छन् । ‘म्यापिङ पुलिस भायोलेन्स’का अनुसार अमेरिकामा सन् २०२१ मा हालसम्म ३०० बढीको प्रहरी दमनका कारण मृत्यु भएको छ ।

सन् २०२० मा प्रहरीका कारण एक हजार १२७ जनाले ज्यान गुमाए । जसमध्ये ९६ प्रतिशतको मृत्यु प्रहरीको गोली प्रहारबाट भएको थियो । अन्य मृत्यु प्रहरीको सवारी–साधन, टेजर, यातनाजस्ता कारणले भएको जनाइएको छ । तीमध्ये १२१ जना ट्राफिक नियम उल्लंघन गरेको आरोपमा मारिएका थिए भने ९७ जना मानसिक रुपमा अस्वस्थ व्यक्ति रहेका थिए ।

सन् २०२० मा मारिनेमध्ये २८ प्रतिशत अश्वेत नागरिक रहेका प्रतिवेदनमा उल्लेख छ । १३ प्रतिशत अश्वेत रहेको अमेरिकामा यति धेरै व्यक्तिको प्रहरी दमनका कारण मृत्यु हुनुलाई सामान्य रुपमा लिन नसकिने अधिकारकर्मीहरु बताउँछन् ।

अमेरिकामा श्वेत नागरिकको तुलनामा अश्वेत मारिने सम्भावना तीन गुणा बढी रहेको रिपोर्टमा उल्लेख गरिएको छ । उक्त वर्ष प्रहरीले गरेको कुल ‘हत्या’का घटनामध्ये १६ घटनामा मात्र प्रहरी अधिकारीमाथि कारबाही भएको थियो ।

म्यापिङ पुलिस भायोलेन्सका अनुसार सन् २०१९ मा करिब ११०० मानिस प्रहरीद्वारा मारिएका थिए । मारिनेमध्ये २४ प्रतिशत अश्वेत रहेको जनाइएको छ । सन् २०१९ मा दैनिक औसत तीनजना मारिएका उल्लेख छ ।

द गार्जियनका अनुसार सन् २०१५ मा प्रहरी दमनमा परी कम्तीमा ८९१ जनाले ज्यान गुमाएका थिए । ब्युरो अफ जस्टिस स्टाटिस्टिक्सले भने फरक आँकडा प्रस्तुत गरेको छ । उसका अनुसार सन् २०१५ जुनदेखि सन् २०१६ मेसम्म प्रहरी दमनका कारण करिब १२०० जनाको मृत्यु भएको छ ।

यस्ता अधिकांश स्वतन्त्र संस्थाहरुले गरेका फरक–फरक अध्ययनले फरक–फरक आँकडा देखाएका छन् । यस्ता संस्थाहरुले आमसञ्चारमा आएका र अन्य माध्यमबाट आँकडा संकलन गर्ने भएकाले पनि प्रहरी दमनका कारण ज्यान गुमाउनेको संख्या योभन्दा धेरै रहेको अनुमान गरिएको छ ।

अमेरिकामा प्रहरीको दमनका कारण मारिनेमध्ये ९० प्रतिशतको तथ्यांक आफूहरुसँग उपलब्ध रहेको अध्ययन समूह म्यापिङ पुलिस भायोलेन्सको दाबी छ ।

सन् २०१६ देखि २०१९ सम्म एक लाख २३ हजार ३३३ जनाले अभद्र व्यवहार गरेको भन्दै प्रहरीविरुद्ध उजुरी दिएका पुलिस स्कोरकार्डले जनाएको छ । सन् २०१३ देखि २०१९ सम्ममा सात हजार ६४५ जनाको प्रहरी दमनका कारण मृत्यु भएको जनाइएको छ । सो अवधिमा प्रहरीद्वारा मारिएका ९८.३ प्रतिशत घटनामा प्रहरीले सफाइ पाएका थिए ।

कतिपयले प्रहरी दमनलाई शिक्षा र तालिमसँग जोडेर हेरेका छन् । प्रहरी दमनबाट हुने मृत्यु कम गर्न प्रहरीलाई उचित तालिम दिनुपर्ने बताइएको छ । तर, अमेरिकाको हर्वाड केनडी स्कुलमा इतिहास, जाति र सार्वजनिक नीति विषयका प्राध्यापक खलिल जिब्रान मोहम्मद भने यस विषयमा फरक मत राख्छन् ।

“अमेरिकी समाजमा अपराधलाई निकै साँघुरो अर्थमा परिभाषित गरिएको छ । कुनै समय सानो संख्यामा रहेका विपन्नमाथि दण्डहीनताका साथ दमन गर्नु वा हिंसा गर्नु नै प्रहरीको काम थियो । जबसम्म प्रहरीको प्रयोग यस्ता कामका लागि गरिन्छ, तबसम्म जतिसुकै तालिम दिए पनि फरक नतिजाको अपेक्षा गर्न सकिन्न,” प्राध्यापक मोहम्मदले एनबीसी न्युजसँग भनेका छन् ।

मिनिसोटामा प्रहरी बन्न कम्तीमा एक हजार घण्टा आधारभूत तालिम अनिवार्य रुपमा लिनुपर्छ । तालिममा आपराधिक र ट्राफिक संहिता, हतियार प्रयोग, यौन उत्पिडन, घरेलु हिंसाजस्ता विविध विषयमा शिक्षा दिइन्छ । यसका अतिरिक्त प्रत्येक तीन वर्षमा थप ४८ घण्टा तालिम दिइन्छ ।

ठूलो संख्यामा रहेका कानुन कार्यान्वयन गर्ने समुदाय, जो गलत रुपमा प्रशिक्षित भइसकेका छन्, उनीहरुलाई पुनः प्रशिक्षित गर्न सकिनेमा मोहम्मद आशावादी छैनन् । प्रहरी दमन कम गर्न उनीहरुको नागरिकसँगको सम्पर्क घटाएर अधिकार कटौती गर्नुपर्ने बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC