site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेदरल्यान्ड्सले मलेसियालाई हरायो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा मलेसियालाई पराजित गरेको छ । मलेसियालाई १५ रनले पराजित गर्दै नेदरल्यान्ड्सले पहिलो जित हासिल गरेको हो ।

नेदरल्यान्ड्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन मात्र बनाउन सक्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

मलेसियाका लागि वीरनदीप सिंहले अर्धशतकीय पारी खेले । उनले ५३ बलमा ६ चौका र ६ छक्कासहित ८७ रन बनाए । शर्विन मुनिंदीले २० बलमा चार चौका र एक छक्कासहित २८ रन जोडे । अमिनुदीन राम्लीले १५ बलमा दुई चौका र दुई छक्कासहित २६ रनको योगदान गरे ।

यसअघि, टस जितेर पहिले ब्यटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा २ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । 

Global Ime bank

नेदल्यान्ड्सका लागि म्याक्स ओ’डोडले शतक प्रहार गरे । उनी ७३ बलमा १५ चौका र ६ छक्कासहित १३३ रनमा अविजित रहे । बेन कुपर २० बलमा दुई चौकासहित २० रनमा अविजित रहे ।

दोस्रो ओभरको पहिलो बलमा टोबियस भिसेलाई पवनदीप सिंहले एक रनमै बोल्ड गर्दै मलेसियालाई पहिलो सफलता दिलाएका थिए । आठौँ ओभरको तेस्रो बलमा स्कर्ट एडवार्डसलाई अनवर रहमानले ३१ रनमा एलबीडब्लू आउट गर्दै मलेसियालाई दोस्रो सफलता दिलाए । एडवार्डसले २३ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

प्रतियोगिताको तेस्रो खेलमा भोलि नेपालले मलेसियासँग खेल्नेछ । यस्तै, नेपालले नेदरल्यान्ड्ससँग वैशाख ७ मा खेल्नेछ । नेपालले अन्तिम लिग खेलमा वैशाख ९ गते मलेसियासँग खेल्नेछ । सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC