site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
त्रिकोणात्मक क्रिकेटमा नेपालको सानदार सुरुवात, कुशल र आशिफको अर्धशतक
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले सानदार जित हासिल गरेको छ । नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको हो ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु खेलमै ओपनिङ गरेका कुशल भुर्तेल र आशिफ शेखले ११६ रनको साझेदारी गरे । कुशल र आशिफ डेब्यु खेलमै अर्धशतक प्रहार गर्न सफल भए । कुशलले ४६ बलमा पाँच चौका र पाँच छक्कासहित ६२ रन जोडे ।

Prabhu Bank
Agni Group
NIC Asia

आशिफले ३८ बलमा चार चौका र चार छक्काको मद्दतमा अविजित ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै,  कप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

Global Ime bank

नेदरल्यान्ड्सका लागि बास डी लीडले सर्वाधिक ४१ रन बनाएका थिए । स्कर्ट एडवार्डसले ३० रन जोडे ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । शाहाब आलम र सोमपाल कामीले समान एक/एक विकेट लिए ।

नेपालले सिरिजको दोस्रो खेलमा मलेसियासँग वैशाख ६ गते खेल्नेछ । तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग वैशाख ७ मा खेल्नेछ । नेपालले अन्तिम लिग खेलमा वैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

डबल राउन्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC