खेल
काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले ५० रन पूरा गरेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४ ओभरको समाप्तीमा बिनाविकेट ५० रन पूरा गरेको हो ।
नेपालका लागि ओपनरमा आएका कुशल भुर्तेलले ३७ रन बनाउँदा आशिफ शेखले ७ रन बनाएका छन् ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।
कुशल भुर्तेल र आसिफ शेखले डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८ १५:२७
प्रतिक्रिया दिनुहोस्