site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्दीपले दिलाए नेपाललाई चौथो सफलता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । युवा लेग स्पिनर सन्दीप लामिछानेले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालको लागि चौथो विकेट लिएका हुन् । आफ्नो दोस्रो विकेट लिने क्रममा सन्दीपले नेदरल्यान्ड्सका सेट ब्याट्सम्यान बास डेलेटलाई आउट गराए । उनी ४१ रनमा आउट भए ।

१७औँ ओभरको अन्तिम बलमा उनले बास डेलेटलाई क्याच आउट गराए । सन्दीपको बलमा कुशल भुर्तेलले क्याच आउट गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, नेपालका लागि शाहब आलमले तेस्रो विकेट लिएका थिए । उनले १३औँ ओभरको पाँचौँ बलमा स्कोट एन्डर्सलाई आउट गराएका हुन् । शाहावको बलमा आरिफ शेखले क्याच आउट गरेका थिए । स्कोटले ३० रन बनाए । उनले ब्यास डी लिडसँग ६१ रनको साझेदारी गरेका थिए ।

यसअघि, नेपालले लगातार दुई विकेट लिएको थियो । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका थिए । सन्दीपले दोस्रो ओभरको अन्तिम बलमा म्याक्स डोयनको विकेट लिएका हुन् । उनी १० रन बनाएर आउट भए ।

Global Ime bank

त्यस्तै, तेस्रो ओभर बलिङ गर्न आउका सोमपाल कामीले दोस्रो विकेट लिए । उनले ओभरको पाँचौँ बलमा वेन चोपेरको विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC