काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध तेस्रो सफलता हात पारेको छ । नेपालका लागि शाहाब आलमले तेस्रो विकेट लिए ।
उनले १३औँ ओभरको पाँचौँ बलमा स्कोट एन्डर्सलाई आउट गराएका हुन् । शाहाबको बलमा आरिफ शेखले क्याच आउट गरेका थिए । स्कोटले ३० रन बनाए । उनले ब्यास डी लिडसँग ६१ रनको साझेदारी गरेका थिए ।
यसअघि, नेपालले लगातार दुई विकेट लिएको थियो । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका थिए । सन्दीपले दोस्रो ओभरको अन्तिम बलमा म्याक्स डोयनको विकेट लिएका हुन् । उनी १० रन बनाएर आउट भए ।
त्यस्तै, तेस्रो ओभर बलिङ गर्न आउका सोमपाल कामीले दोस्रो विकेट लिए । उनले ओभरको पाँचौँ बलमा वेन चोपेरको विकेट लिए ।
नेपालका लागि आजको खेलमा शाहाब आलम र आसिफ शेखले डेब्यु गरेका छन् ।